×

वीरगंज २३ कार्तिक पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधी सभाका उम्मेदवार मोहम्द सलिम मंसुरले बहुदरामाई नगरपालिका र वीरगंज महानगरपालिको सुगौली बिर्तामा घरदैलो तथा चुनावी सभा गर्नुभएको छ । मतदाताहरु संगको भेटमा नेता मंसुरले पर्सा जिल्लाको बिकासको लागि बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । नेता मंसुरले क्षणिक स्वार्थ पुरा गर्न आफनो अमुल्य मत खेर नफाल्न आग्रह गर्नुभएको थियो । सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवार रामचन्द्र साह,छोटेलाल प्रसाद कुर्मी, जगरनाथपुर गाँउपालिकाका प्रमुख जालिम मियाँ, चाँद तारा, धनबहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Back to top