×

वीरगंज, २१ कार्तिक निर्वाचन नजिकिएसंंगै वीरगंंजमा विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनता पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । वीरगंजको वडा नम्वर १६ इनरवामा आज एक कार्यक्रमाबीच विभिन्न पार्टी परित्याग गरि झण्डैै ३ सय भन्दा बढी स्थानीय नेता कार्यकर्ता राजपामा प्रवेश गरेका छन् ।

नवप्रवेसीहरुलाई राजपाका महासचिव एवं वीरगंजका चर्चित नेता राजेशमान सिंह, जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, विरेन्द्र पटेल, राष्ट्रिय शिक्षा संघका केन्द्रिय महासचिव उमेस ठाकुर लगायतले अविर माला लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव राजेशमान सिंहले पार्टीको सिद्धान्त अनुसार अगाडी बढ्न सबैलाई आग्रह गर्नुभयो । माइन्युटमा मात्रै पार्टी प्रवेस गरेको देखाउने र पार्टीको गतिविधिमा साथ नदिने व्यक्तिको अब काम छैन भन्दै उनले हरदम पार्टीका लागि सकेको सहयोग गर्न सधै तत्पर बन्न पनि आग्रह गर्नुभयो ।

आजै पार्टी प्रवेस गर्नुभएका महम्मद रेयाजुल हक (बिसाेरी ठकुराइ) को सभापतित्वमा सम्पपन्न कार्यक्रममा एकरामुल ठकुराई, डा समिर, विकास यादव, जगरनाथ पटेल, सियाराम यादव, गुली मंसरी, दिनेस साह, महमुद आलम, अजय राम, नुरहोदा अंसारी लगायत तीन सय भन्दा बढी राजपामा प्रवेस गरेका थिए ।

Back to top