×

वीरगन्ज २१ कात्तिक जिल्ला प्रशासन कार्यालय पर्साले वीरगनमा संचालित रहेका पसलहरुको अनुगमन सुरु गरेको छ । बजार अनुगमनको पहिलो दिन महानगरपालिकाको भेडियाही क्षेत्रमा संचालित रहेका पसलहरुको अनुगमन गरिएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अरुण पौडेलको नेतृत्वमा बजार अनुगमन गर्न गएको सम्बन्धित कार्यालयका अधिकारीहरुको टोलीले अनुगमनको क्रममा ८ वटा पसलमा म्याद बितेका तथा मापदण्ड पूरा नगरीएका बस्तुलाई फेला पारी नष्ठ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिनुभयो । उहाँले अनुगमनका क्रममा भेडयाहीमा संचालित रहेको ८ वटा पसलबाट म्याद गुजरिएका भारतीय कम्पनीको भुजिया, सेवई तथा मापदण्ड पूरा नगरेका गुटखा बरामद गरी नष्ठ गरेको बताउनु भयो ।

महानगरपालिका भित्र संचालित रहेका पसलहरुबाट उपभोक्ता ठगिने क्रम बढेको गुनासो आएपछि अनुगमन सुरु गरिएको जानकारी दिदै प्रवक्ता पौडेलले जनताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने र कानुनले विक्री गर्न तयार पारेको मापदण्ड अनुसार कै माल बस्तु मात्र विक्री वितरण गर्न दिने अनुगमनको उद्देश्य रहेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको अनुगमन टोलीमा बाणिज्य कार्यालय, नापतौल कार्यालय, वीरगन्ज उद्योग बाणिज्य संघ लगाएतका कार्यालयका प्रतिनिधी रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

Back to top