म वागी उम्मेदवार होइन : शिव पटेल

1727

वीरगन्ज १८ कार्तिक मधेशी गठबन्धन भित्र टिकट वितरणमा पैसाको चलखेल भएको राजपा महासचिव शिव पटेलले  वताउँनु भएको छ । यात्रा डेलीसग कुराकानी गर्दै उनले आफु वागी नभई जनताको उम्मेदवार रहेको दावी गर्नु भयो । पर्सामा राजपा पुर्णरुपमा समर्पणमा उत्रिएको बताउँदै पार्टी भित्र कुनै छलफल नै गरी एकलौटी रुपमा अध्यक्ष मण्डलका नेताहरुले मधेश आन्दोलनका विरोधीहरु तथा ठेकदार भ्रषचारीहरुलाई छानीछानी उम्मेदवार बनाएको वताउँनु भयो । जुन व्यक्ति पैसाको दममा चुनाव जितछन् , त्यो व्यक्ति कुनै पनि हालतमा जनतालाई विकास र निकास दिन सक्दैन् वहाँले थप्नु भयो । उनले गैर राजनितिक तथा मधेशवादका विरोधीहरुको विरुद्धमा मेरो उम्मेदवारी रहेकोले जित सुनिश्चित रहेको ठोकुवा गर्नु भयो । गठबन्धन भित्र पूर्वाहाहरुको राज रहेकोले पर्सा चेपुवामा परेको पनि वहाँले थप्नु भयो । भाषण र नाराहरुमा वीरगंज जहिले पनि केन्द्र विन्दुमा रहने गरेको भए पनि अन्तमा सबै कुरा पूर्वमा नै जाने गरेको वहाँले वताउँनु भयो । आफु प्रजातन्त्र माथी विश्वास राख्ने व्यक्ति भएकोले एकलौटी रुपमा पार्टीले गरेको निर्णय मान्य नहुने वहाँले वताउँनु भयो ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here