×

रन्जन यादव बारा ८ कार्तिक जिल्ला प्रशासनको कार्यालय बाराको टोलीले आज बुधबार जितपुर स्थित बिन्दा स्टोर्समा छापामारी गरेको छ ।जितपुरसिमरा उपमाहानगरपालिका ७ जितपुरमा रहेको पेट्रोल पम्पमा प्रशासनको टोलीले छापामारी गरी तेलको नमुनाहरु सङकलन गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक गोबिन्द कुमार कार्कीले जिल्ला प्रशासन कार्यालयमा मिलावट युक्त तेलहरु बिक्रिभईरहेको परेको उजुरीको आधारमा छापामारी गरिएको बताउनुभयो । उनले सङकलन गरिएको नमुनाहरु परिक्षणकोलागि पठाईसकीएको परिक्षण प्रतिबेदन आईसकेपछि मात्र बिस्तृत रुपमा बताउन सक्ने बताए । साहयक प्रमुख जिल्ला अधिकारी मुकेस केसरीको नेतृत्वमा आएको टोलीमा प्रहरी निरिक्षक कार्की ,सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प जितपुरका प्रहरी निरिक्षक दिपेन्द्र लगायतको सहभागिता रहेको थियो ।

Back to top