×

वीरगन्ज ६ कातिक राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । पर्सा १ मा उपाध्यक्ष राजीव पराजुली, मकवानपुर–२ मा पार्टी अध्यक्ष कमल थापा, झापा–३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख १ मा कुन्तीकुमारी शाही र काठमाडौँ–७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिनुहुने उक्त पार्टीले जनाएको छ । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धन बनेकोले पर्सा १ नं. क्षेत्रवाट उम्मेदवार बन्ने उपाध्यक्ष राजीव पराजुली यात्रा डेली संग कुरा गर्दै भने यो चुनाव लोकतान्त्रिक गठबन्धन बनेर लडने चुनाव हो यस कारण मलाई विषवास छ म चुनाव जितछु यदि म हारेमा लोकतान्त्रिक गठबन्धनको हार हुन्छ मलाई विषवास छ यस पलि काग्रेस, राजपा र फोरम मिलेर मालाई चुनाव जिताउने छन । यता श्रोतले जनाए अनुसार राजीव पराजुली पर्सा १ वाट नभई २ नं. क्षेत्रवाट उम्मेदवार बन्ने रे । आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले सो पार्टीलाई सात स्थान दिन तयार भएको र बाँकी दुई स्थानका लागि र उम्मेदवारको छनोट हुन बाँकी रहेको छ । प्रदेश सभा निर्वाचनका लागि सोही गठबन्धनबाट पार्टीले हालसम्म धादिङ (ख) बाट सोनाम तामाङ, बैतडी (ख) बाट गणेश चन्द, म्याग्दी (क) बाट भीमप्रसाद गौचनलाई उम्मेदवारका रूपमा तय गरेको जनाइएको छ । उक्त पार्टीले मुलुकका सातवटै प्रदेशमा चुनावी सभासमेत गर्ने भएको छ ।

Back to top