×

बारा ४ कार्तिक राष्ट्रिय जनता पार्टी नेपालको महामन्त्री जीतेन्द्र सोनलले लोकतन्त्र र मधेसी अधिकारको बिरोधमा एमाले र माओवादीको एकता भएको बताउनु भएको छ । बाराको प्रसौनी गाउपालिका वार्ड न.२ मा राजपाको आयोजित चियापान कार्यक्रममा नेता सोनलले मधेसीको मुद्दालाई र संविधान संशोधनको बिरोधमा बामपंथी एकता भएको कुरा बताएका छ्न । मधेस आन्दोलनको प्राप्त उपलब्धीलाई समाप्त पार्ने र कमनिस्ट शासन लाद्ने षड्यन्त्र भइरहेको नेता सोनलले बताउनु भएको छ । आयोजित चियापान कार्यक्रममा राजकुमार यादव ,चनरदेव कुशवाहा, चन्द्रीका यादव ,राजेन्द्र साह , सोनालाल पटेल ,पुर्व शिक्षा आयोग सदस्य योगेन्द्र पटेल,वार्ड २ वार्ड अध्यक्ष सुरेश गुप्ता र ४ वार्ड अध्यक्ष आनन्द गुप्ता ,लगायतका नेता कार्यकर्ताले दिपावली र छ्ठ पर्वको शुभकामना दिएको थिए ।

Back to top