×

वीरगन्ज ३१ असोज आउदो मंसिर १० र २१ गते हुन गईरहेको प्रदेश र प्रतिनिधी सभाको चुनावी माहौल बिरगंज लगायत पर्सा जिल्लामा तातेको छ । बिभिन्न दलहरुले आफु चुनाव जित्ने भन्दै प्रचार प्रसारसमेत शुरु गरिसकेका छन । उनी हुन राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता ओमप्रकाश सर्राफ । मधेस आन्दोलन एवं सामाजिक क्षेत्रमा बिभिन्न योगदान दिई बिरगंजमा आफनो एउटा छुटै पहिचान बनाएका राजपा नेपालका युवा नेता ओमप्रकाश सरार्फ निर्वाचन क्षेत्र न १ को ’ ख ’ बाट प्रदेश सभामा उम्मेदवारी दिने बताउनुभएको छ । उनी राजपा नेपालका बिरगंज महानगर अध्यक्ष समेत हुन । सरार्फ मधेस आन्दोलनमा सक्रिय भुमिका निभाएका क्रान्तिकारी एवं तार्किक भासन मार्फत सडक संघर्स देखि मितेरी पुल सम्मको आन्दोलनलाई चरमोत्कर्षमा पुगाउदै चर्चामा आएका थिए । २०७२ सालमा भएको मधेश आन्दोलनको ईपिसेन्टर मानिएको बीरगंजमा उनी २४ सै घण्टा खटी सक्रिय अहम् भुमिका निभाउदै मधेश र मधेशी जनताको हक अधिकारको लागि आफनो ज्यानसमेतको पर्बाह नगरि खटिदै आएका थिए । त्यसक्रममा उनलाई प्रहरी प्रसासनले गिरफ्तार हिरासत मै पाँच दिन सम्म नजरबन्द गरि बारह दिन सम्म हिरासतमा राखेका थिए । तर सर्राफले हिरासत भित्रैबाट मधेस आन्दोलन सम्बन्धि बिभिन्न लेख रचनाहरु लेखेका थिए । सरल र सुलभ जीवन ब्यतित गर्दै मधेसवाद प्रति समर्पित युवा नेताको उम्मेदवारि चर्चाले आम जनतामा नयाँ आशाका किरन देखिएको छ ।

Back to top