×

वीरगन्ज २६ असोज नखाउभने दिनभरीको सिकार खाउभने कान्छाबाबुको अनुहार भन्ने उखांन जस्तै अस्मजसमा बृद्धनेता विमल श्रीवास्तव फसेका छन् । दुइ हप्तादेखि अथक प्रयासमा रहेको एमालेका केहि नेताहरु वीमल श्रीवास्तवलाइ पार्टीमा भित्र्याउन वार्तालाइ तिव्रता दिएका छन् । तर एमाले मधेस बिरोधि पार्टी भएकोले त्यसमा प्रवेशगरे आफुहरु दसकौ देखि सहयोग गर्दै आएको राजनैतिक सम्बन्ध बिछेद गर्ने निकट्स्त कार्यकर्ताहरुले धमकि दिएको कारण उनी अस्मन्जसमा परेको समाचार सुत्रको दावि रहेको छ । एमाले अध्यक्ष केपि ओलि पार्टीमा भित्र्याउन बुधबार दिउसो संसदिय दलको कार्यालयमा दुइ घन्टा कुरेपनि विमल श्रीवास्तव भेटन नगएको कारण एमाले पर्साले दिन खोजेको खुसखबरी अधरमा लटकेको छ । बुधबार बिहानदेखि सभासद राजकुमार गुप्ता,रामचन्द्र साह र बस्रुदिन अंसारीले श्रीवास्तवलाइ पार्टीमा भित्र्याउन लागीपरेको थिए । तर विमल श्रीवास्ताको किचेन केबिनेटले मधेस बिरोधी पार्टीमा कुनैपनि हालतमा नजान सल्लाह दिनुको साथै एमाले पार्टीमा गए आफुहरु राजनैतिक सम्बन्ध बिच्छेद गर्ने धमकि दिएको कारण बुधबारको एमाले नेता ओलिको कुराइ असफल भएको छ । बस्रुदिन अंसारी र सभासद गुप्ताले घन्टौ अनुनय विनय गरेपनि राजधानीको बार्ता असफल भएको छ । सामाचार सुत्रको भनाइ अनुसार विहिबार विहानै देखि नेता श्रीवास्तवलाइ एमाले पार्टीमा भित्र्याउन पुर्व प्रधानमन्त्री एमव वरिष्ट नेता माधव नेपाल लागिपरेको छन् । आफ्ना निकटष्त युवानेता मनोज चौधरी सहितको टोलीलाइ वार्तामा लगाएका छन् । सभासद राजकुमार गुप्ता ,मनोज चौधरी र बस्रुदिन अंसारी सहितको टोलि नेता श्रीवास्ताकोलाइ पार्टीमा प्रवेश गरि सभासदको उम्मेदवार बनाउने समाचार सुत्रको दावि रहेको छ । तर दसकौ देखि मधेस आन्दोलन र मधेसको मुदाको बारेमा वहस गर्दै आएको नेता विमल श्रीवास्तवलाइ एमाले पार्टीका नेताहरुले पैसा र पदको जतिपनि लालच दिए पार्टी भित्र्याउने योजना सफल नहुने श्रोतको भनाइ समेतर रहेको छ ।

Back to top