×

वीरगन्ज २६ असोज वीरगंजमा हुने गरेका आर्थिक अपराधका घटनामध्ये चर्चित मोबिलकाण्ड जिल्ला प्रशासन कार्यालय, पर्साले रहस्यमय ढङ्गले छिनोफानो गरेको जानकारी प्राप्त भएको छ ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको सरुवा भएपछि जाने क्रममा २०७४ साउन २६ गतेको निर्णय अनुसार सो मुद्दाको छिनोफानो गरेको स्रोतले जानकारी गराएको छ । २०७३/४/१९ गते जिल्ला प्रहरी कार्यालय, पर्साले ९४ लाख मूल्य बराबरको नक्कली मोबिलसहित वीउमनपा–६ रेशमकोठी निवासी सञ्जय अग्रवाल (खेमका)लाई पक्राउ गरेको थियो । पक्राउ परेका अग्रवालमाथि जिल्ला प्रशासन कार्यालय, पर्सामा कालोबजारी मुद्दा दर्ता गरिएको थियो । पक्राउ परेका अग्रवाललाई जिल्ला प्रशासनले २ महिनापछि २०७३/७/२८ गते १ लाख ५० हजार धरौटीमा छोडेपछि वीरगंजमा कानेखुसी शुरु भएको थियो र सोही दिनदेखि जिल्ला प्रशासन कार्यालय, पर्साको निर्णयको चौतर्फी आलोचना भएको थियो । तत्कालीन प्रजिअ घिमिरेले डेढ लाख जरिवाना तथा बरामद भएको मोबिलमध्ये सिल तोडेको ७ ड्रम मोबिल नष्ट गर्ने निर्णय गर्दै मुद्दाको टुङ्गो लगाएको देखिन्छ । निर्णय भएको फाइल अहिलेसम्म लुकाएर राखिएको थियो । सञ्चारकर्मीहरूले पटक–पटक मुद्दा फाँटमा बुझ्दा मुद्दा पेशीमा रहेको जानकारी २० दिन अगाडिसम्म दिइएको थियो । तर आज सो फाइलको निर्णय बाहिर आएपछि घटना सार्वजनिक भएको हो ।

तत्कालीन प्रहरी उपरीक्ष्Fक राजुबाबू श्रेष्ठले अग्रवालले सञ्चालन गरेको विभिन्न ठाउँबाट प्रहरीले १३० बाल्टिन मोबिल, २३ ड्रम रिफलिङ मोबिल, १२ ड्रम ग्रीस, किर्लोस्कर, सर्वोलगायत विभिन्न ब्रान्डका लेबुल, ११८ थान फिल्टर लगायत सामग्रीहरू बरामद गरेको थियो । प्रहरीले ९४ लाख बराबरको कालोबजारी गरेको भन्दै बिगो अनुसारको धरौटी राखी कारबाई प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको थियो तर जिप्रकाले डेढ लाखमा नै पक्राउ परेका अग्रवाललाई छाडेको र साधारण तारेखमा राखेको थियो ।

पक्राउ परेका अग्रवालले विगत लामो समयदेखि भारतबाट मोबिल मगाई चर्चित कम्पनीहरूको स्टीकर लगाएर पुनः प्याकिङ गरेर बजारमा बिक्री गर्दै आएको गुनासोपछि प्रहरीले अग्रवाललाई पक्राउ गरेको थियो । किर्लोस्कर कम्पनीका क्ष्Fेत्रीय मैनेजरले वीरगंजमा मोबिल लगायत अन्य पेट्रोलियम पदार्थको बिक्री वितरण ह्वात्तै घटेपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दर्ता गराएका थिए । उनकै सूचनाको आधारमा प्रहरीले जिप्रका, वाणिज्य कार्यालय, जिल्ला प्रशासन र नगरपालिकाको संयुक्त टोलीले वीरगंज–१९ स्थित कारखानामा छापामारी गरी सो सामान बरामद गरेको थियो । श्राेत प्रतिक

Back to top