×

वीरगन्ज १९ असोज नेपाली काग्रेस पर्सा क्षेत्र नं.२ (क) वाट बिधायकमा प्रखर बक्ता आन्दोलनकारी चरित्रका ब्यक्ती विजय कुमार कर्णले उम्मेदवारी दिने भए पछि तरुण युवा विधार्थीहरुमा जोशको संचार भएको छ । विगत ३२ वर्ष देखि राजनीतिमा सक्रिय कर्ण पटक पटकको आन्दोलनमा जेलनेल भोगेको कारणले नेपाली काग्रेसले उनलाई २०६४ सालमा समानुपातिक तर्फवाट उम्मेदवार बनाई बन्दसुचिमा नाम पठाएको थियो । त्यस बखत झण्डै सभासद बनिसकेका कर्णलाई आफन्तहरुले घात गरि सुरेन्द्र प्रसाद चौधरीलाई अन्र्तघात गरि हराउने रामेश्वर रौनियारलाई पुरस्कृत गरि सभासद बनाएका थिए । नेबिसंघ पर्साका पुर्व कार्यवाहक सभापति , तत्कालिन नेपाली काग्रेस पर्सा क्षेत्र नं.२ का दुई पटक क्षेत्रिय सभापति , महासमिती सदस्य हुदै हाल क्षेत्र नं. २ का महा अधिवेशन प्रतिनिधी रहेका विजय कुमार कर्ण युवाहरुको माझ सर्बाधिक लोक प्रिय नेता मानिन्छन । पर्सा क्षेत्र नं. २ (क) बाट उनले उम्मेदवारी दिने चर्चा चल्न थाले पछि विरोधि खेमामा सन्नाटा छाएको छ भने खुट्टातान्ने अन्र्तघातीहरु सल्बलाइ रहेका छन ।

Back to top