×

वीरगन्ज १२ असाेज वीरगन्ज महानगरका नवनिर्वाचित मेयर विजय सरावगीले ‘महानगरपालिकाबाट कार्यालयबाट गाडी, तलब, भत्ताजस्ता सुविधा नलिने’ बताउँदै आफ्ना प्राथमिकताहरु सार्वजनिक गरेका छन् ।दशैंको सप्तमी तिथीमा वीरगन्जमा फुलापातिसँगै सुरु हुने मेलाको रमझम माइस्थानमा चलिरहेको बेला निर्वाचनको मतगणनाको परिणाम सार्वजनिक हुँदा मतगणनास्थल ठाकुरराम बहुमुखि क्याम्पस अगाडी संघीय समाजवादीका नेपालका समर्थक तथा कार्याकर्ताहरुले विजय उत्सव मनाइरहेका थिए। नवनिर्वाचित मेयर सरावगीले बुधवार साँझ मतपरिणाम सार्वजनिक हुनासाँथ गरेको पत्रकार सम्मेलनमा आफ्ना प्राथमिकताहरु सार्वजनिक गरे। ‘वीरगन्जमा विगत ५० वर्षमा हुन नसकेको विकास मेरो कार्यकालको ५ वर्षमै गर्छु,’ त्यसको लागि मसँग योजना छ। नगरका चार लाख जनतालाई परिवर्तन, विकास र आत्मसम्मानको अनुभुति हुनेगरी वीरगन्जलाई व्यवस्थित, समृद्ध र मुलुककै उत्कृष्ट महानगर बनाउछुँ, सरावगीले भने, ‘अहिलेलाई भने तत्कालका प्राथमिकता पनि तय गरेको छुँ ।’

उनले सुनाएका प्राथमिकताहरू

अबको तीन महिनामा अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन ।

वीरगन्ज महानगरमा रहेका सबै सामुदायिक विद्यालयहरुमा आउने शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठनसहित गुणस्तरीय शिक्षा ।

वीरगन्जका गृहणीहरुलाई घरमैं रोजगारी ।

नारायणी उपक्षेत्रीय अस्पतालमा १२ सय शैया सञ्चालन गर्दै क्षेत्रीय अस्पताल र शिक्षण अस्पतालको रुपमा स्तरोन्नत्ती ।

वीरगन्ज महानगरपालिका कार्यालयमा भोजपुरी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा सामेल गर्ने ।

वीरगन्ज महानगरमा बेरोजगारीको समस्या हटाउने ।

वीरगन्ज महानगरमा रहेका सार्वजनिक जग्गा, भौतिक संरचनाहरु जुन विभिन्न व्याक्ति र संघसंस्थाको कब्जामा छन् ती सबै जग्गा र सम्पति जनताको नासो रहेकाले जनतको नासो जनताकै हातमा ल्याउने ।

वीरगन्जमा वीरगन्ज विश्वविद्यालय स्थापना ।

वीरगन्ज महानगरलाई लोडसेडिङ मुक्त बनाउने ।

योगलाई परोत्साहन गर्न हरेक वडामा योगा केन्द्र स्थापना ।

वडामा पनि फोरम र काँग्रेसको बाहुल्यता

मेयर र उपमेयरमा विजेयता र मुख्य प्रतिद्वन्दी रहेका संघीय समाजवादी फोरम नेपाल र नेपाली काँग्रेस नै अधिक वडाहरुमा निर्वाचित भएका छन् । वीरगन्ज महानगरपालिकाका ३२ मध्ये १२ वटा वडामा फोरम र १० वटामा काँग्रेसका उम्मेदवार नै विजयी भएका छन् । फोरमबाट सरावगी मेयर र काँग्रेसबाट नेतृ शान्तिकार्की उपमेयर विजयि भएको बेला यि दुबै पार्टीहरुले मिलेर काम गरे वीरगन्जले विकासमा द्रुत रुपमा फड्को मार्ने विश्लेषण गरिएको नागरिक समाजका अगुवा अधिवक्ता पन्नालाल गुप्ताको भनाई छ । यि दुबै पार्टी मिले महानगरको कार्यपालिकाको कुनै पनि निर्णय नरोकिने भएपछि काम प्रभावकारी किसिमले हुने र नमिले समस्या हुने मानिएको छ । त्यसतै नेकपा एमालेले ५, राजपाले ३, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले एक एक वटा वडाको अध्यक्षमा जित हात पारेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता, २ मा फोरम नेपालका शेख अब्बास, ३ मा राजपाका बैजु स्वर्णकार, ४ मा काँग्रेसका जगत साह कानु, ५ मा राजपाका प्रदीप चौरसीया, ६ मा काँग्रेसका ध्रुब नेपाल, ७ मा फोरम नेपालका बसन्त भक्कड (अग्रवाल), ८ मा एमालेका राज कीशोर गुप्ता, ९ मा फोरम नेपालका मनोज कलवार, १० मा काँग्रेसका रामनगीना प्रसाद कानु, ११ मा एमालेका प्रधुम्न सेढाइ, १२ मा फोरम नेपालका राम दरश प्रसाद कुशवाहा, १३ मा फोरम नेपालका तुफान फारुक अन्सारी, १४ मा फोरम नपालकै भरत कुर्मी विजयी भएका छन्। त्यसतै वडा नम्बर १५ मा काँग्रेसका गजेन्द्र कुर्मी, १६ मा फोरम नेपालका श्यामबाबु चौरसीया, १७ मा फोरम नेपालका सुखरानी देवी, १८ मा काँग्रेसका ब्रम्हदेव कुर्मी, १९ मा लोकतान्त्रिक फोरमका संतोष तिवारी, २० मा माओवादी केन्द्रका पारस प्रसाद यादव, २१ मा काँग्रेसका हबीब मिया, २२ मा फोरम नेपालका ग्यासुदीन मिया, २३ मा एमालेका अवध किशोर कुशवाहा, २४ मा काँग्रेसका दशरथ प्रसाद कुर्मी, २५ मा फोरम नेपालका बिराज राउत कुर्मी, २६ मा काँग्रेसका शम्भु मिश्रा, २७ मा एमालेका प्रदीप यादव, २८ मा फोरम नेपालकी गिरीजा देवी कुर्मीन, २९ मा फोरम नेपालकै धर्मेन्द्र चौधरी, ३० मा एमालेका अमानत अन्सारी, ३१ मा काँग्रेसका चुमनदास चौधरी र वडा नम्बर ३२ मा राजपाका रियाज अहमद मिया विजयी भएका छन् । कुल एक लाख आठ हजार पाच सय एक मतदाता रहेको वीरगन्ज महानगरपालिकामा असोज २ गते भएको निर्वाचनमा ८४ हजार एक सय ६० मत खसेको थियो। श्राेत नगरिक बाट

Back to top