×

वीरगन्ज, असोज १० - दुई नम्बर प्रदेशको एक मात्र महानगर; वीरगन्ज महानगरपालिकाको केहि अन्तिम वडाहरुको मतगणना बाकि रहंदा संघीय समाजवादी फोरम नेपालले आफ्नो मतान्तर बढाउदै कांग्रेसलाई पछाडी परेको छ ।

निर्वाचन आयोगले वीरगन्ज महानगरपालिकाको विभिन्न वडाहरुको ६७ हजार ७ सय ३५ मतगणना गर्दा पछिल्लो केहि दिन देखि लिड गर्दै आएको फोरम नेपालले नेपाली कांग्रेस संगको आफ्नो मतान्तर झनै फराकिलो बनाएको छ । निर्वाचन आयोगको विवरण अनुसार प्रमुख पदमा फोरम नेपालले नेपाली कांग्रेस संगको मतान्तर बढाएर १ हजारू ४ सय ४० पुर्‍याएको छ ।

फोरम नेपालको प्रमुख पदका प्रत्यासी विजय कुमार सरावगीले १५ हजार ७ सय ७९ मत लाएका छन् भने नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार अजय कुमार द्विवेदीले १४ हजार ३ सय ३८ मत ल्याएका छन् ।

नेपाली कांग्रेसलाई पछ्याउदै राष्ट्रिय जनता पार्टी (राजपा)का राजेश मान सिंहले ९ हजार ६ सय ४३ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले ७ हजार ३ सय ४८ मत, नेकपा माओवादी केन्द्रका उम्मेदवार रह्बर अन्सारीले ७ हजार १ सय ६५ मत ल्याएका छन् भने लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ६ हजार ३८ मत ल्याएका छन् ।

Back to top