×

वीरगन्ज, असोज ०७ - दुई नम्बर प्रदेशको प्रमुख जिल्लाको रुपमा चिनिएको पर्सा जिल्लामा शोमवार सम्पन्न भएको स्थानीय तह निर्वचनको मतगणन गर्ने क्रम जारि रहेको छ । मंगलवार देखि जिल्लाको १४ स्थानीय तहमा सुरु भएको मतगणना अहिले पनी जारि रहेको छ भने केहि स्थानहरुको अन्तिम नतिजाहरु सार्वजनिक भएका छन् ।

देशको सबैभन्दा कान्छो नगर; वीरगन्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले प्रमुख र उप-प्रमुख पदमा अग्रता लिएको छ भने संघिय समाजवादी फोरम नेपाल प्रमुख पदमा कांग्रेस संग केवल १४ मतले पछाडी रहेको छ ।

निर्वाचन आयोगको पछिलो मतपरिणाम अनुसार हाल सम्म वीरगन्ज महानगरपालिकाको विभिन्न वडाहरुको ३७ हजार ९ सय ६८ मत गन्दा नेपाली कांग्रेसको प्रमुख पदका प्रत्यासी अजय द्विवेदीले ८ हजार २ सय ४२ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्धी फोरम नेपालका विजय कुमार सरावगीले ८ हजार २ सय २८ मत प्राप्त गर्दै द्विवेदीलाई कडा टक्कर डिरहेका छन् ।

त्यस्तै उप-मेयरमा नेपाली कांग्रेसकी शान्ति कार्की ९ हजार ८ सय ८९ मत ल्याएर लिड गरिरहेकी छन् भने फोरम नेपालको उप-मेयरकी उम्मेदवार पिंकी यादवले ७ हजार ९ सय ४५ मत ल्याएकी छन् ।

फोरम नेपाललाई पछ्याउदै राजपाका मेयर पदका प्रत्यासी राजेश मान सिंहले ६ हजार ३१ र उप-प्रमुखकी उम्मेदवार रम्भा मिश्राले ५ हजार १ सय ९९ मत प्राप्त गरेकी छन् । त्यासीगरी नेकपा एमालेका मेयर उम्मेदवार बसरुद्दीन अन्सारीले ४ हजार ८७ मत र उप-मेयर उम्मेदवार सोफिया आचार्यले ४ हजार ९ सय ३२ मत, माओवादी केन्द्रका मेयर उम्मेदवार रह्बर अन्सारीले ४ हजार ४ मत र उप-मेयर उम्मेदवार दुर्गा क्षेत्रीले २ हजार ७ सय ५० मत ल्याएका छन् ।

Back to top