×

वीरगन्ज, असोज ०७ - पर्सा जिल्लाको नयाँ नगरपालिका बहुदरमाई नगरपालिकामा नेपाली कांग्रेसले जीत कब्जा गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतगणनको अनुसार नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार नितेन्द्र साहले ८ सय ६६ मत बढी प्राप्त निर्वाचित भएका छन् ।

नव निर्वाचित मेयर साहले ३ हजार ४ सय १ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी राजपाका उम्मेदवार शिव पटेलले २ हजार ६ सय १५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, कांग्रेसको तर्फबाट उपमेयरमा गायत्री देवी यादवले ३ हजार ८ सय १ मत प्राप्त गरी विजयी भइन् । उनका निकटम प्रतिद्वन्द्वी सुनिता साहले २ हजार ९ सय ६१ मत प्राप्त गरिन् ।

बहुदरमाइ नगरपालिकामा करिब १४ हजारको हाराहारीमा मत खसेको थियो । लगातार पाँच दिनको गणनापछि शनिबार नतिजा सार्वजनिक भएको हो ।

नेपाली कांग्रेसले पर्सा जिल्लाको अर्को नगरपालिका पर्सगढि नगरपालिकामा पनी विजयी प्राप्त गरेको छ । पर्सागढि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका लोक नारयण यादव निर्वाचित भएका छन् । उप-मेयर पानी कांग्रेसको पोल्टोमा गएको थियो ।

Back to top