पोखरियाको मेयरमा दीपनारायण र उप-मेयरमा सल्मा

2222

Share
  •  
  •  
  •  

वीरगन्ज, असोज ०७ – पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामको विवरण अनुसार पोखरिया नगरपालिकाको मेयर पदमा नेपाली जनता दलका दीपनारायण रौनियार (मान्टू) र उप-मेयर पदमा संघीय समाजवादी फोरम नेपालकी सल्मा खातुन निर्वाचित भएकी छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको मतपरिणाम अनुसार जनता दलको तर्फाबाट प्रमुख पदका उम्मेदवार दीपनारायण रौनियारले ३ हजार २६ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्वन्द्धी संघीय समाजवादी फोरम नेपालका प्रदुमन चौहानलाई २ सय ९० मतले पराजित गर्दै निर्वाचित भएका हुन् । चौहानले २ हजार ७ सय ३६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उप-मेयर पदमा संघीय समाजवादी फोरम नेपालकी सल्मा खातुन मत २ हजार ७ सय २२ मत ल्याउदै निर्वाचित भएकी हुन् । सल्माकी निकटम प्रतिद्वन्द्धी नेपाली जनता दलकी विना देवीले मत २ हजार ५ सय १० मत प्राप्त गरेकी छन् । विगत १ दसक देखि पत्रकारिता पेशामा अवाद्ध रहेकी सल्मा खातुन टेलिभिजन, रेडियो र विभिन्न पत्रपत्रिकामा कार्य गर्दै आएकी छन् ।
त्यसैगरी पोखरिया नगरपालिकामा पर्ने सम्पूर्ण वडाहरुको मतगणना सार्वजनिक भएको छ । निर्वाचन आयोगले जारि गरेको मतपरिणाम अनुसार पोखरिया नगरपालिकाको ४ वडामा नेपाली कांग्रेस, ३ वडामा संघिय समाजवादी फोरम नेपाल, र २ वडामा नेपाली जनता दलका उम्मेद्वारी विजयी भएका छन् ।
वडाहरुको विवरण केहि यस्तो रहेको छ ;
नेपाली कांग्रेस;
वडा नम्बर ३ मा ५ सय ६८ मत प्राप्त गर्दै अजय कुमार निर्वाचित भएका छन् ।
वडा नम्बर ४ मा २ सय ५२ मत प्राप्त गर्दै लक्षमण साह कानु निर्वाचित भएका छन् ।
वडा नम्बर ८ मा ७ सय ५१ मत प्राप्त गर्दै किशोरी साह निर्वाचित भएका छन् ।
वडा नम्बर १० ९ सय १२ मत प्राप्त गर्दै रामबाबु प्रसाद चौहान निर्वाचित भएका छन् ।
संघीय समाजवादी फोरम नेपाल;
वडा नम्बर १ मा ४ सय ५० मत प्राप्त गर्दै बांका राउत कुर्मी निर्वाचित भएका छन् ।
वडा नम्बर ४ मासय ४८ मत प्राप्त गर्दै सिमानंद प्रसाद चौहान निर्वाचित भएका छन् ।
वडा नम्बर ६ मा सय ४ मत प्राप्त गर्दै नन्दला प्रसाद राउत निर्वाचित भएका छन् ।
नेपाली जनता दल;
वडा नम्बर ६ मा सय २३ मत प्राप्त गर्दै सुरेन्द्र प्रसाद यादव निर्वाचित भएका छन् ।
वडा नम्बर ५ मा ३ सय ८९ मत प्राप्त गर्दै उमाकान्त साह कानु निर्वाचित भएका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here