×

पोखरिया, असोज ०६ - पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका पछि ग्रामिण क्षेत्रको सदरमुकाम मानिने पोखरिया नगरपालिकामा मतगणनाको नतिजाहरु प्रकाशित हुने क्रम आज चौथो दिन पनि जारी रहेको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको पोखरियाका ७ वटा वडाको पछिल्लो मतपरिणामको अनुसार नेपाली जनता दलका दिप नारायण प्रसाद रौनियार (मनटु) मेयर पदका लागी २ हजार ५ सय २५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । रौनियारलाई चेस गर्दै संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रदुमन्न चौहान ५७ मतले पछाडी रहँदै २ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका रामेश्वर प्रसाद रौनियारले १ हजार ४ मत प्राप्त गर्दै हजार भन्दा अधिक मतान्तरले तेश्रो स्थानमा रहेका छन् ।

नगरपालिकाको उप-मेयरमा संघीय समाजवादी फोरम नेपालीकी सल्मा खातुन २ हजार ४ सय ७६ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्वान्द्धी नेपाली जनता दलकी विना देवी संग ३ दे ६४ मतले लिड गरिरहेकी छन् । जनता दलकी विना देवीले २ हजार १ सय १२ मत प्राप्त गरेकी छन् । उप-मेयर पदका लागि पनि नेपाली कांग्रेसको तर्फाबाट रहाना खातुन हजार भन्दा अधिक मतले पछाडी रहेकी छन् । उनले १ हजार १ मत प्राप्त गरेकी छन् ।

Back to top