उत्तर कोरियाको चेतावनी–अमेरिकाले गम्भीर मूल्य चुकाउनु पर्छ

248

उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विक्षिप्त रहेको र प्रमाणु हतियार बनाउने आफ्नो देशको निर्णयलाई ट्रम्पले सही साबित गरेको दाबी गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संमयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियाको गतिविधिले आफूहरु आत्मरक्षाका लागि सैन्य रुपमा तयार हुन बाध्य भएको र उत्तर कोरियालाई पूर्ण रुपले ध्वस्त पार्ने बताउनुभएको थियो ।
ट्रम्पको भनाईको जवाफमा उत्तर कोरियाका नेता किमले राष्ट्रिय सञ्चारमाध्य मार्फत जारी गर्दै अमेरिकाले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको हो । उत्तर कोरिया नेता किमले यसरी व्यक्तिगत वक्तव्य कम मात्रै दिने गर्नुभएको छ । उहाँले वक्तव्यमा ट्रम्पले राष्ट्रसंघमा गरेको सम्बोधनको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको हो । ट्रम्पको सम्बोधनका कारण थप परमाणु कार्यक्रम आवश्यक रहेको पुष्टि गरेको उहाँको भनाई छ । ट्रम्पले सम्बोधनका क्रममा नेता किमलाई ‘रकेट म्यान’ को रुपमा परिभाषित गर्दै उहाँ ‘आत्महत्या मिसन’ मा रहेको बताउनुभएको थियो ।
पछिल्ला केही महिनादेखि उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण उत्तर कोरिया र अमेरिकाबिचको सम्बन्ध तनावपूर्ण बनेको छ । बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव पारित गर्नुभएको छ ।