×

वीरगन्ज, असोज ०५ - पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिकामा संघिय समाजवादी फोरम नेपालले विजयी प्राप्त गरेको छ । फोरम नेपालको तर्फाबाट गाउँपालिका प्रमुखका उम्मेदवार श्रीलाल साह कानु (मोदी) ले आफ्नो निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चन्द्र किशोर प्रसाद बरईलाई ८ मतको छोटो मतान्तरले पराजित गरेका छन् । बरईले २६०३ मत प्राप्त गरेका छन् । त्यसैगरी उप-प्रमुखमा नेपाली कांग्रेसले विजयी प्राप्त गरेको छ । नेपाली कांग्रेसको तर्फाबाट उप-प्रमुखको उम्मेदवार किरण देवीले २९१३ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्वन्द्वी फोरम नेपालकी उर्मिला देवीलाई ८०६ मतको ठुलो मतान्तरले पराजित गरेकी छन् । उर्मिला देवीले २१०७ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी गाउँपालिकामा रहेको ५ वटै वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको ताजा मतपरिणाम अनुसार नेपाली कांग्रेसले २ वटा, नेकपा एमालेले २ वटा र राष्ट्रिय जनता पार्टीले एउटा वडामा जित हासिल गरेको छ । वडा नम्बर १ मा नेकपा एमालेका सगीर मिया ३३३ मत प्राप्त गर्दै सम्पूर्ण प्यानल सहित विजयी भएका छन् । वडा नम्बर २ मा पनि नेकपा एमालेका संजय चौहानले ५३५ मत प्राप्त गर्दै पुरा प्यानल संगै विजय हासिल गरेका छन् । वडा नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका सल्मा खातुनले ७८२ मत प्राप्त गरेकी छन् । त्यसैगरी वडा नम्बर ४ मा नेपाली कांग्रेसका अनोज कुमार चौरसिया ९३५ मत ल्याउदै आफ्नो प्यानल संगै विजय भएका छन् भने वडा नम्बर ५ मा पनि नेपाली कांग्रेसका सुकदेव राउत अहिर ६०५ मत प्राप्त गर्दै आफ्नो प्यानल संगै विजयी भएको विन्दवासिनी गाउँपालिकाको निर्वाचन कार्यालयका सुचना प्रमुख राज कुसवाहाले जानकारी दिए ।

Back to top