×

वीरगन्ज, असोज ०५ - मंगलवार देखि पर्सा जिल्लाको सुरु भएको १४ स्थानीय तह निर्वाचनको मतगणनाको तेश्रो दिन एक बिहानी धोबिनी गाउँपालिकामा संघिय समाजवादी फोरम नेपालले अग्राता लिंदै २ वडामा विजयी प्राप्त गरेको छ ।

धोबिनी गाउँपालिकाको अध्यक्ष पदमा शुसिला देवीले ११३० मत र उपाध्यक्ष पदमा पारशनाथ प्रसाद कुर्मीले ६२८ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो वर्चस्व जमाएको निर्वाचन आयोगका अधिकार सरोज चौधरीले बताए । फोरम नेपाललाई पछ्याउदै राष्ट्रिय जनता पार्टीका अम्बिका राउत कुर्मी ७६७ र उपाध्यक्षमा राज कुमारी देवी ५९३ मत प्राप्त गर्दै दोश्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेसको तर्फाबाट अध्यक्षमा सुरेश प्रसाद कुर्मी ५३७ र उपाध्यक्षमा मंजु देवी ६२७ मत प्राप्त गर्दै तेश्रो भएका छन् भने फोरम लोकतान्त्रिकबाट अध्यक्षमा १२६ मतका साथ् उमेश प्रसाद कुसवाहा र ५६ मतका साथ् शिम देवी पटेल चौथो स्थानमा रहेका छन् ।

हालसम्म निर्वाचन आयोगले सार्वजनिक गरेको २ वटा वडाको मतगणनाको परिणाम अनुसार संघीय सम्व्जादी फोरम नेपालले दुवै स्थानमा जित हासिल गरेको छ । गाउँपालिकाको वडा नम्बर १ बाट फोरम नेपालका लालन राउत कुर्मी ३७३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका बन्धु साह तेलीले ३४७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी गाउँपालिकाको वडा नब्मर २ मा पनि फोरम नेपाल विजय भएको छ । वडा नम्बर २ मा फोरम नेपालका नन्दलाल पटेल ६१८ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिष्पर्धी राजपाका धर्मेन्द्र पटेललाई १५१ मतले पराजित गरेका छन् । धेर्मेंद्र पटेलले ४६७ मत प्राप्त गरेको निर्वाचन आयोगका सरोज चौधरीले जानकारी गराए ।

Back to top