×

वीरगन्ज, असोज ०५ - मंगलवार देखि सुरु भएको स्थानीय तह निर्वाचनको मतगणनाको तेश्रो दिन एक बिहानी बारा जिल्लाको परवानीपुरमा राष्ट्रिय जनता पार्टी (राजपा)लाई अर्को सफलता प्राप्त भएको छ । परवानीपुर गाउँपालिकाको वडा नम्बर ३ मा राजपाको पुरै प्यानल विजयी भएको छ ।

परवानीपुर गाउँपालिकाको वडा नम्बर ३ मा राजपाका अनिल रामले आफ्नो निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका देराहीम मियालाई १०८ मतले पराजित पारेका छन् । राजपाका रामले ७५८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी मियाले ६५० मत प्राप्त गरेका छन् ।

बारा जिल्लाबाट एमालेकी सांसद नेज्मा खातुनको निर्वाचन क्षेत्रमा पर्ने उक्त लिपनीमाल वडामा राजपाले एमालेलाई पराजित गरेको हो । यो राष्ट्रिय जनता पार्टीका महामन्त्री जितेन्द्र सोनलको पनि निर्वाचन क्षेत्र हो र दुवैको गाउँ पनि हो ।

जितपश्चात रामलाई राजपाका महामन्त्री जित्नेद्र सोंलाले फुलमाला र अभिरलगाई बधाई दिएका गरेका थिए । अहिले सम्म राजपाको परवानीपुर गाउँपालिकामा यो दोश्रो जित हो । यो भन्दा पहिला परवानीपुर् गाउँपालिकाको वडा नम्बर १ बाट राजपाका मिश्रीलाल महतो विजयी भईसकेका छन् ।

परवानीपुर गाउँपालिकामा राजपाको अग्रता कायम रहेको छ भने निकटम प्रतिष्पर्धी संघीय समाजवादी फोरम नेपाल हजार भन्दा बढी मतले राजपालाई पछ्याउदै छ ।

Back to top