वीरगंज, असोज ०४ - नेपालको सबैभन्दा कान्छो नगरपालिकाको रुपमा चिनिएको दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा मतपरिणाम आउन सुरु भएको छ ।
मुख्य निर्वाचन आयोग वीरगन्जले उपलब्ध गराएको ताजा मतपरिणाम अनुसार वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० मा नेकपा एमालेले विजयी प्राप्त गरेको छ । जित संगै नेकपा एमालेले वीरगन्ज महानगरपालिकामा आफ्नो खाता खोलेको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० मा नेकपा एमालेको तर्फा बाट रोजमहम्मद अन्सारी ४६६ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अलि हुसेन देवानलाई ११ मतको आन्तरले सम्पूर्ण प्यानललाई पराजित गरेका छन् । वडामा एमालेको सम्पूर्ण प्यानलले बिजय हासील गरेको छ । देवानले ४५५ मत प्राप्त गरेका थिए ।
केहि बेर पहिला वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका अलि हुसेन देवानलाई निर्वाचन आयोगले विजयी घोषणा गरे पनी विवाद पछि आयोगले निर्णय सच्याउदै अहिले अन्सारीलाई विजेता घोषणा गरेको छ । सुरुमा देवानलाई वडा अध्यक्ष घोषणा गरे पश्चात एमालेका वडा अध्यक्षका उम्मेदवार अन्सारीले मतगणनामा खटिएका कर्मचारीहरुले गोलमाल गरि कांग्रेसका उम्मेदवार देवानलाइ जिताएको आरोप लगाएका थिए ।
सोमबार भएको निर्वाचनमा वडा नम्बर ३० मा एक हजार सात सय ६६ मत खसेको भएपनि मतगणनाका क्रममा कर्मचारीहरुले एक हजार सात सय २४ मत मात्र खसेको बताएको अन्सारीले बताउदै निर्णय सच्याउन माग गरेका थिए । निर्णय घोषणा संगै नेकपा एमालेका नेता कार्यकर्ताहरुले नारावाजी गर्दै मतगणनामा अबरोध सृजना गरेका थिए । पर्सा संसदीय क्षेत्र नम्बर २ र ३ का सांसद विचार यादव र राजकुमार गुप्ता समेतले निर्वाचन आयोगको निर्णयको निन्दा गर्दै निर्णय सच्याउन माग गरेका थिए ।
धेरैबेर चलेको विवाद पश्चात निर्वाचन आयोगले आफ्नो निर्णय सच्च्याउदै अन्सारीलाई विजेता घोषणा गरेको हो । यस्तै वडा अध्यक्षममा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार ब्रम्हदेव यादवले भने तीन सय २५ मत मात्रै प्राप्त गरेका छन् ।
अन्सारीलाई विजेता घोषणा गरेलगतै नेपाली कांग्रेसका नेता कार्यकर्ताले मतगणना स्थल ठाकुर राम बहुमुखी क्याम्पसको मुख्य द्वारा अगाडि चर्को नारावाजी गर्दै बिरोध प्रदर्शन गरेका छन् ।