×

वीरगन्ज, असोज ०५ - दुई प्रदेश नम्बरमा शोम्बार सम्पन्न भएको स्थानीय तह निर्वाचनको प्रदेशका विभिन्न स्थानीय तहहरुमा मतगणना जारी रहेको छ । पर्सा जिल्लाको वीरगन्ज पछिको पहिलो नगरपालिकाको रुपमा रहेको पोखरीया नगरपालिका बाट पनि ताजा मतपरिणामहरु आउने क्रम जारी रहेको छ ।

पोखरिया नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ को निर्वाचन आयोगका प्रतिनिधिले उपलब्ध गराएको ताजा मतपरिणाम अनुसार मेयर (प्रमुख) पदमा नेपाल जनता दलको तर्फाबाट प्रमुख पदका उम्मेदवार दीपनारायण रौनियारले १४३८ मत प्राप्त गर्दै आनो निकटम प्रतिष्पर्धी संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार प्रदुमन चौहानलाई झिनो ७ मतको अन्तरले पछाडी पर्दै पहिलो स्थानमा आफ्नो वर्चस्व जमाएका छन् ।

अर्कोतिर उप-मेयर (उप-प्रमुख) पदमा भने संघिय समाजवादी फोरम नेपालको तर्फाबाट उम्मेदवार रहेकी सल्मा खातुनले १३३२ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिस्पर्धी नेपाल जनता दलबाट उम्मेदवार विना देवीलाई १ सय ३२ मतको अन्तरालबाट पछाडी पर्दै पहिलो स्थानमा आफ्नो अग्रता कायम राखेकी छिन । नेपाल जनता दलकी देवीले १२०० मत प्राप्त गरेकी छिन ।

पोखरिया नगरपालिकामा नेपाली कांगेस तेश्रो स्थानमा छ भने माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र नेकपा एमाले चौथो, पाँचौ र छैठो स्थानमा रहेका छन् ।

पोखरिया नगरपालिकाको वडा नम्बर १, २ र ४ को अन्तिम मतपरिणाम घोषणा भएको छ । नगरपालिकाको वडा नम्बर १ मा संघीय समाजवादी फोरम नेपालका बांका राउत कुर्मी ४५० मत प्राप्त गर्दै आफ्नो पुरा प्यानलका विजयी भएका छन् । उनका निकटम प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवारले २४७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी वडा नम्बर २ मा नेपाल जनता दलका सुरेन्द्र साह पनि आफ्नो सम्पूर्ण प्यानलका साथ् विजयी भएका छन् । उनले ६२३ मत प्राप्त गर्दै आफ्नो फोरम नेपालका उम्मेदवारलाई २१२ मतले पराजित गरेका छन् भने वडा नम्बर ४ मा नेपाली कांग्रेसको प्यानलले विजयी प्राप्त गरेको छ । नेपाल जनता दलका उम्मेदवारलाई केवल २० मतले पराजित गर्दै कांग्रेसको वडा अध्यक्ष पदका उम्मेदवार लक्षमण साह कानु २५० मत प्राप्त गर्दै आफ्नो प्यानल सहित विजयी भएका छन् ।

Back to top