१ मतले हारेपछि माओवादी द्वारा पुन: मतगणनाको माग

1001

Share
  •  
  •  
  •  

रौतहट, असोज ०४ – रौतहटको गरुडा नगरपालिका-३ मा नेपाली कांग्रेसले वडाध्यक्षमा १ भोटले विजय भएका छन् । कांग्रेसको तर्फाबाट वडा अध्यक्ष पदका उम्मेदवार कृष्णकुमार सहनीले ३०८ मत प्राप्त गरी आफ्नो प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार शैलदेवी सहनीलाई १ मतले पराजित गरेको रौतहट नगरपालिकाका मुख्य निर्वाचन अधिकृत नवीनकुमार जोशीले बताएका छन् ।
कांग्रेसको तर्फबाट उम्मेदवार बनेका कृष्णकुमार सहनीले एक भोटले विजय हासिल गरेको घोषणा गरिएपछि माओवादी केन्द्रको तर्फबाट पुनः मतगणनाको माग गर्दै निवेदन परेको निर्वाचन अधिकृत जोशीले बताएका छन्।
निवेदन दिने पक्षले आफूले जितेको दाबी गर्दै माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विपिनकुमार जयसवालले आफूहरुले चुनाव जितेको भए पनि झेल गरेर कांग्रेसलाई जिताएकोले पुनः मतगणनाको माग गरेको बताएका छन्।
गरुडा नगरपालिकाको वडा नम्बर १,२ र ३ को मतगणना सकिएको छ। वडा नम्बर १ मा संघीय समाजवादी फोरम नेपालले जित हात पारेको छ भने वडा नम्बर २ मा नेपाली काँग्रेसले जित हासिल पारेको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here