सर्लाहीमा एमाले, राजपा र संघीय समाजवादीबीच तिब्र प्रतिष्पर्धा

606

Share
  •  
  •  
  •  

मलंगवा, असोज ०४ – तेश्रो स्थानीय तह निर्वाचनको मतगणना जारि रहेको बेला सर्लाहीको ७ स्थानीय तहमा नेपाली कांग्रेसको अग्रता पाएको छ । कांग्रेसलाई पछ्याउँदै नेकपा एमाले, संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी दोस्रो स्थानमा रहेका छन् ।
त्यसैगरि माओवादी केन्द्रले २ स्थानीय तहमा अग्रता कायम गरेको छ । पछिल्लो मत परिणामअनुसार कांग्रेसले कौडेना, चक्रघट्ट, धनकौल र पर्सा गाउँपालिकामा अग्रता रहँदा मलंगवा, हरिपुर र हरिपुर्वा नगरपालिकामा अग्रता कायम गरेको छ भने संघीय समाजवादी फोरमले कविलासी, बरहथवा नगरपालिका, विष्णु गाउँपालिका अग्रता लिएको छ ।
राजपा पनि चन्द्रनगर गाउँपालिकामा, बलरा नगरपालिका, ब्रह्मपुरी गाउँपालिका गरी तीन वटै स्थानीय तहमा अग्रता लिएको छ भने लालबन्दी, हरिवन, ईश्वरपुर नगरपालिकामा नेकपा एमालेले अग्रता लिँदा माओवादी केन्द्रले बसबरिया र बाग्मती नगरपालिकामा अग्रता कायम गरेको छ । कुल २० स्थानीय तह रहेको सर्लाहीमा ११ नगरपालिका र ९ गाउँपालिका रहेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here