×

वीरगन्ज, असोज ०४ - वीरगन्ज वडा नं. ९ रानीघाट स्थित आज राती एक अपरिचित समूहले एक जना युवामाथि छुरा प्रहार गरेको छ । वीरगन्ज भारतिय दुताबास पछाडी रहेको गणेश मन्दिर नजिक रानीघाट वडा नं. १० घर भएका मदन साह बर्नवाललाई छुरा प्रहार गरिएको छ । बर्नवालको छातीमा चाकु लागेको छ ।

बर्नवालको अहिले वीरगन्ज स्थित नरायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ । उक्त घटनाको बारेमा जिल्ल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा यस्तो घटनाको कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

युवा माथि छुरा किन प्रहार भएको भन्ने बारे केहि खुल्न सकेको छैन ।

Back to top