पोखरियामा फोरम नेपाल र जनता दल विच प्रतिष्पर्धा

1271

Share
  •  
  •  
  •  

वीरगन्ज, असोज ०४ – पर्सा जिल्लाको पोखरिया नगरपालिकामा मतगणनाको दोश्रो दिन पानी संघीय समाजवादी फोरम नेपालको अग्रता कायमै रहेको छ । पोखरिया निर्वाचन आयोगले सार्वजनिक गरेकोको ताजा मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपालको तर्फा बाट मेयर (नगर प्रमुख) प्रदुमन चौहान ८७८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् भने उप-मेयर (उप-नगर प्रमुख) उम्मेदवार सल्मा खातुन ७६३ मत प्राप्त गर्दै पहिलो स्थानमा छिन् ।
फोरम नेपाललाई पछ्याउदै जनता दल दोश्रो स्थानमा रहेको छ । जनता दलको तर्फाबाट मेयर पदका उम्मेदवार दिपनारयण रौनियारले ७५१ मत प्राप्त गरेका छन् भने उप-मेयर पदका उम्मेदवार विना देवी ६७४ मत प्राप्त गरेकी छिन । त्यसैगरि माओवादी केन्द्रको तर्फाबाट मेयर पदका उम्मेदवार जोगानंद प्रसाद चौहानले २४७ मत प्राप्त गरेका छन् भने उप-मेयरमा लक्ष्मी कुसवाहाले २६२ मत प्राप्त गर्दै तेश्रो स्थानमा रहेकी छिन ।
त्यसैगरि नेपाली कांग्रेस मेयर १५३ मत र उप-मेयरमा १२३ प्राप्त गर्दै चौथो स्थानमा रहेको छ भने नेकपा एमाले मेयरमा २०० मत र उप-मेयरमा ८९ मत प्राप्त गर्दै पाँचौ स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी मेयरमा २९ मद्का साथ् अन्तिम स्थानमा रहेको छ ।
संघीय समाजवादी फोरम नेपालको तर्फाबाट पोखरिया नगरपालिकाको वडा नब्मर १ बाट वडा अध्यक्ष पदका उम्मेदवार बांका राउत कुर्मीको प्यानल विजयी भएका छन् भने वडा नब्मर २ बाट नेपाल जनता दलकाको प्यानल विजयी भएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here