×

वीरगन्ज, असोज ०४ - पर्सा जिल्लामा शोमवार सम्पन्न भएको तेश्रो स्थानीय तहक निर्वाचनको मतगणना मंगलवार देखि सुरु भएको छ । पर्सा जिल्लाको १४ वटा स्थानीय तह मध्ये छिपरमाईल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले अग्रता कायम गरेको छ ।

अध्यक्ष पदमा ८५७ मत प्राप्त गर्दै फोरम नेपाल अन्य दलहरु भन्दा अगाडि रहेको स्थानीय निर्वाचन अधिकृतिले जानकारी गराएका छन् । फोरम नेपाललाई पछ्याउदै माओवादी केन्द्र २५५ मतका साथ् दोश्रो, नेपाली कांग्रेस १७१ मतका साथ् तेश्रो, नेकपा एमाले १३९ मत प्राप्त गर्दै चौथो र राष्ट्रिय जनता पार्टी (राजपा) १११ मत प्राप्त गर्दै अन्तिम स्थानमा रहेको छ ।

मतगणना जारि रहंदा छिपरमाई गाउँपालिकाको वडा नम्बर १ को मिर्जापुरमा संघिय समाजवादी फोरम नेपालको सम्पूर्ण प्यानल विजयी भएको छ । फोरम नेपालको तर्फाबाट वडा अध्यक्ष पदका उम्मेदवार राजवली यादव ५९७ मत प्राप्त गर्दै आफ्नो निकट प्रतिष्पर्धी माओवादी केन्द्रको उम्मेदवारलाई पछाडी पर्दै सम्पूर्ण प्यानलका साथ् विजयी भएका छन् । प्यानलमा महिला सदस्यमा चरावती देवी, दलित महिला सदस्यमा हिरा देवी चमार, सदस्यमा राजकिसोर यादव र विजय पटेल रहेका छन् ।

Back to top