×

वीरगन्ज, असोज ३ - तेश्रो स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ । पर्सा जिल्लाको पोखरिया नगरपालिकाको ताजा मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपालको जित्ने सम्भावना बढेको छ । पोखरिया निर्वाचन आयोगले सरवाजिक गरेकोको ताजा मतपरिणाम अनुसार संघिय समाजवादी फोरम नेपालको तर्फा बाट मेयर (नगर प्रमुख) प्रदुमन चौहान ७७० मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् भने उप-मेयर (उप-नगर प्रमुख) उम्मेदवार सल्मा खातुन पानी ६५२ मत प्राप्त गर्दै पहिलो स्थानमा छिन ।

फोरम नेपाललाई पछ्याउदै जनता दल दोश्रो स्थानमा रहेको छ । जनता दलको तर्फाबाट मेयर पदका उम्मेदवार दिपनारयण रौनियारले ५७१ मत प्राप्त गरेका छन् भने उप-मेयर पदका उम्मेदवार विना देवी ४८८ मत प्राप्त गरेकी छिन । त्यसैगरि माओवादी केन्द्रको तर्फाबाट मेयर पदका उम्मेदवार जोगानंद प्रसाद चौहानले २२१ मत प्राप्त गरेका छन् भने उप-मेयरमा लक्ष्मी कुसवाहाले २१० मत प्राप्त गर्दै तेश्रो स्थानमा रहेकी छिन ।

त्यसैगरि नेपाली कांग्रेस मेयर १२४ मत र उप-मेयरमा ९५ प्राप्त गर्दै चौथो स्थानमा रहेको छ भने नेकपा एमाले मेयरमा २३ मत र उप-मेयरमा ५३ मत प्राप्त गर्दै अन्तिम स्थानमा रहेको छ । त्यसैगरि संघीय समाजवादी फोरम नेपालको तर्फाबाट पोखरिया नगरपालिकाको वडा नब्मर १ बाट वडा अध्यक्ष पदका उम्मेदवार बांका राउत कुर्मीको प्यानल विजयी भएको छ ।

Back to top