८०० मतगणना हुँदा, राजपाको अग्रता कायमै

2151

Share
  •  
  •  
  •  

वीरगन्ज, असोज ३ : प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाको मतगणनाको परिणाम आउन सुरु भएको छ । मतपरिणाम आउने क्रममा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २, ३१ र ३२ को २००/२०० वटा मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट मेयर (नगर प्रमुख) पदका उम्मेदवार राजेशमान सिंह २३७ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् । १९६ मत प्राप्त गर्दै नेपाली कांग्रेसका अजय द्विवेदी दोश्रो स्थानमा रहेका छन् । संघीय समाजवादी फोरम नेपालको तर्फा बाट विजय कुमार सरावगीले १३९ मत हासिल गर्दै दोश्रो स्थानमा आफ्नो कब्जा जमाएका छन् भने १०३ मत हासिल गर्दै माओवादी केन्द्रका रह्बर अन्सारी चौथो स्थानमा छन् भने ७२ मत ल्याउदै नेकपा एमालेका बसरुद्दीन अन्सारी पाँचौ स्थानमा छन् । त्यसैगरी ७० मत मात्रै प्राप्त गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार विमल श्रीवास्तव अन्तिम स्थानमा रहेका छन् ।
उप-मेयर (नगर उप-प्रमुख) पदमा पनि २५१ मतका साथ् राष्ट्रिय जनता पार्टीको तर्फाबाट रम्भा मिश्रा पहिलो स्थानमा छिन । राजपा पछाडी २०० मतका साथ् नेपाल कांग्रेसको तर्फा बाट शान्ति कार्की दोश्रो स्थानमा रहेकी छिन । त्यसैगरी फोरम नेपालको तर्फाबाट १३३ मत प्राप्त गर्दै पिंकी यादव तेश्रो स्थानमा छिन भने ९८ मत प्राप्त गर्दै माओवादी केन्द्र बाट उप-प्रमुख उम्मेदवार उम्मेदवार दुर्गा क्षेत्री चौथो स्थानमा छिन । नेकपा एमालेबाट उप-प्रमुखकि उम्मेदवार सोफिया आचार्य ७८ मतका साथ् पाँचौ स्थानमा छिन भने उप-मेयरमा पनि फोरम लोकतान्त्रिक ५६ मतका साथ् अन्तिम स्थानमा छ । फोरम लोकतान्त्रिक तर्फाबाट रिंकु यादव उप-मेयर उम्मेदवार हुन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here