३०० मत गन्दा राजपा पहिलो, फोरम नेपाल दोश्रो

2956

Share
  •  
  •  
  •  

वीरगन्ज, असोज ३ : प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाको मतगणनाको परिणाम आउन सुरु भएको छ । मतपरिणाम आउने क्रममा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३२ को १००/१०० वटा मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट मेयर (नगर प्रमुख) पदका उम्मेदवार राजेशमान सिंह ८३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् । ५६ मत प्राप्त गर्दै संघीय समाजवादी फोरम नेपालको तर्फा बाट विजय कुमार सरावगी दोश्रो स्थानमा रहेका छन् भने ४५/४५ मतका साथ् नेपाली कांग्रेसका अजय द्विवेदी र नेकपा एमालेको तर्फबाट बसरुद्दीन अन्सारी तेश्रो स्थानमा रहेका छन् । त्यसैगरि २५/२५ मत प्राप्त गर्दै माओवादी केन्द्रका रह्बर अन्सारी र फोरम लोकतान्त्रिकको तर्फाबाट विमल श्रीवास्तव अन्तिम स्थानमा रहेका छन् ।
उप-मेयर (नगर उप-प्रमुख) पदमा पनि ८९ मतका साथ् राष्ट्रिय जनता पार्टीको तर्फाबाट रम्भा मिश्रा पहिलो स्थानमा छिन । राजपाको पछाडी ६२ मतका साथ् नेपाल कांग्रेसको तर्फा बाट शान्ति कार्की दोश्रो स्थानमा रहेकी छिन । त्यसैगरी फोरम नेपालको तर्फाबाट  ४८ मत प्राप्त गर्दै पिंकी यादव तेश्रो स्थानमा छिन भने नेकपा एमालेको तर्फाबाट ४२ मतका साथ् सोफिया आचार्य चौथो स्थानमा छिन, माओवादी केन्द्रको तर्फा बाट दुर्गा क्षेत्री २१ मतका साथ् पाँचौ स्थानमा छिन, र २० मतका साथ् फोरम लोकतान्त्रिकको तर्फाबाट रिंकु यादव पाँचौ स्थानमा रहेकी छिन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here