×

वीरगन्ज ३ असोज वीरगन्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।

वीरगन्ज महानगरपालिकाका वडा नं. १ र वडा नं. ३२ को मत पेटी पहिलो चरनमा गन्ने काम सुरु भएको हाम्ररा संवादाता रोहित बर्नवाल वीरगन्ज ठाकुर राम क्यम्पसबाट जानकारी दिएका छन ।

वीरगंज महानगरको गणना थालिएको छ। दलका प्रतिनिधिलाई गणनास्थलमा तयार पारिएको तारजालिसहितको विशेष कक्षमा प्रवेस गराईएको छ।

सुरुमा वडा नम्बर १ र ३२ को गणना हुनेछ। यी दुई वडाको गणना सकिएपछि वडा २ र ३१ को सुरु हुनेछ।

यहाँको गणना बिधि यस अगाडि भरतपुर महानगरमा गरिए जस्तै सुरुको वडा र अन्तिमतर्फको वडा मिसाएर दुईवडाको एकपटकमा गणना गर्ने नियम बनाइएको छ।

१ वडा र ३२ वडाको मत बाकस गणनास्थलमा पुर्याइएको छ।

गणनास्थलमा सिसी टिभी जडान गरिएको छ। गणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। ठाकुरराम बहुमुखी क्याम्पसमा महानगरको मत गणना हुँदैछ।

भरतपुरमा मत च्यातिएको प्रकरणबाट पाठ सिक्दै गणनास्थललाई अति संवेदनशील क्षेत्रका रुपमा सुरक्षा घेरामा राखिएको छ।

गणना प्रतिनिधिकाे शरीर जाँच गरेर मात्र प्रवेश गराइएकाे छ।

Back to top