×

वीरगन्ज सिटी – ३१ नेपालको नश्लवादी पार्टी एमालेका ठेट्नाहरु वीरगन्ज महानगरमा संघीय समाजवादी फोरम नेपालको विजयि सुनिश्चित देखेर डराएका छन् । उनीहरुले फोरम नेपालका उम्मेदवार वीरगन्जका चर्चित समाजिक ब्यक्त्वि विजय सरावगी र पार्टीको स्थानीय नेतृत्वलाई बद्नाम गर्ने र चरित्र हत्या गर्नेसम्मका लान्छना लगाउदै पित पत्रकारिता सुरु गरेका छन् ।

वीरगन्जमा पता साफ भइसकेको एमालेको प्राण जोगाउन अन्तिम कसरत स्वरुप मधेस बिरोधी केसी लामिछाने र मधेसीको खोल ओढी एमालेको दलाली गर्ने महेस दास लगायत सक्रिय भएका छन् । यिनीहरु तिनै ब्यक्ति हुन जसले मधेस आन्दोलनमा सिडिओ र एसपीलाई उक्साएर मधेसीको छाति र टाउकोमा गोली चलाउन लगाएका थिए । मधेसी जनताको आन्दोलनलाई भारतीय आन्दोलन भनेर प्रचार गरे ।

जब तिनका नेता केपी ओलीले मधेसी सहदिलाई अपमान गर्दै ‘दुई चार आँप खस्दैमा केही हुन्न’ र मनाव साङ्लोलाई ‘माखे साङ्लो’ भनिरहेका थिए, झलनाथ खनालले धोतीहरुको आन्दोलन भनिरहेका थिए, भीम रावल र योगेश भट्टराईजस्ता नश्लवादीहरु बिहारी भनिरहेका थिए, यिनीहरु आनन्दको चुस्कि लिन ब्यस्त थिए । मधेसी जनतालाई पैसाको बलमा किन्न सकिन्छ भन्ने एमालेको निश्कर्षपछि रातारात पार्टी बाहिरबाट बसउरुदीन अन्सारीलाई ल्याएर टिकट दिलाएपछि अहिले हिन्दु मुस्लिम ध्रुविकरण गराउने, जितिरहेका उम्मेदवारलाई बदनाम गराउने जस्ता घृणीत खेल यिनीहरुले सुरु गरेका छन् । आधा दर्जन कथित पत्रकारहरुको झुण्ड समस्त मधेस आन्दोलनको उपलब्धीलाई सखाप पार्ने औजारको रुपमा चुनावी प्रोपगण्डालाई प्रयोग गर्दैछन् ।

निर्वाचन जित्न सकिन्न भन्ने निश्कर्षपछि वीरगन्जको चुनावलाई अस्वस्थ्य प्रतिस्पर्धातिर उन्मुख गराएर मधेसको अगुवाई गर्ने पार्टी बिरुद्ध अबिश्वास सृजना गराउन असफल प्रयास मधेसमा बसेर मधेसको परम सत्रु पार्टी एमालेका दलालहरुले प्रयास थालेका छन् । पछिल्लो तीन दिनभित्र गरिमामय पार्टी फोरम नेपालका उम्मेदवार तथा नेताहरुको बारेमा यिनीहरुले लगाएको एउटा पनि आरोप प्रमाणित हुन सके मैले राजनीतिबाट सन्यास लिने चुनौति दिन चाहन्छुँ । पत्रकारिता भनेको तथ्य र प्रमाणका आधारमा हुनु पर्छ भन्ने बताई राख्नु पर्दैन ।

काल्पनीक आरोपहरुको सृंखला जसरी पछिल्लो समयमा आएको छ, त्यसले पित पत्रकारिताको चरम बिन्दुलाई नाघेको छ । आन्दोलनको समयमा मधेसी जनतासंगै देशमा सम्प्रदायिक सौहार्द तथा परस्पर समाजिक एकताको पक्षमा रहेका रहेका र देशमा कोही पनि अधिकारबाट बञ्चित हुनु हुदैन भन्ने मान्यता राख्ने हरेक जाति र समुदायका जनताको भावना एकाकार थियो । देशको लोकतन्त्रलाई समावेसी बनाई सुदृढ पार्ने र राष्ट्रियतालाई कसिलो बनाउने त्यो आन्दोलनरुपी महायज्ञको हवनाग्नी समाप्त भएको छैन् । त्यसको उर्जा एकत्रित भएर फोरम नेपालको पक्षमा यतिखेर उर्लिएको छ । जसबाट डराएकाहरु आतिएका छन् । निकट भविश्यमा जयघोषमा परिणत हुन लागेको परिवर्तनको अटुट चाहना कुनै पनि मनगढन्त र कपोलकल्पीत परपञ्चले भत्किनेवाला छैन भनी शोषित, पिडित, दमित, दलित, मुस्लिम तथा मधेसीको जनाधिकारका सत्रुहरुलाई हेक्का होस । सबैको ब्यक्तिगत फेहरिस्त हुँदाहुँदै पनि यहाँ मैले ब्यक्तिकेन्द्रीत नभई विषयकेन्द्रत कुरा मात्र उठाएको छुँ । जय मधेस, जय वीरगन्ज

निखिल बर्नवाल (लेखक एक बिद्यार्थी नेता हुन् )

Back to top