×

विजय गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले वीरगन्ज महानगरपालिकाको उमेयरमा रिंकु यादवलाई चुनावी भिडन्तमा उतारेको छ। एक वर्षदेखि राजनीतिमा लागेकी २९ वर्षीया यादव व्यवस्थापन संकायको स्नातक तहमा अध्ययनरत छिन्। बुबा किशोरी प्रसाद यादव माओवादको नेता भएपनि लोकतान्त्रिक फोरममा लागेर राजनीतिक यात्रा सुरु गरेकी हुन्। ‘मधेसमा महिला आफ्नै घरपरिवार र समाजमा अपमानित भएर जिउनु परेको छ, त्यसैले मेरो पहिलो प्राथमिकता मधेसका महिलाका लागि सम्मानित जीवन जिउने परिस्थितीको सिर्जना गर्छु , रिंकु भन्छिन् , ‘यसको अलावा किसानको लागि पनि महत्वपूर्ण काम गर्छु।’

Back to top