×

वीरगंज २८ भदौ युवा जनशक्ति समाज नेपाल आदर्शनगर–३ वीरगंजले एक जना गरिब असहायको लागि सहाय बनेको छ । वीरगंज महानगरपालिका वडा नं. १ छपकैया बस्ने अलिअखबर मियाको श्रीमती आयसा खातुनको पथरीको अपरेसनमा युवा जनशक्ति समाज नेपालले सहयोग गरेको छ । गरिब परिवारकी खातुन नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना रहेकी र उनको आर्थिक अवस्था कमजोर रहेकोले सो समाजले अप्रेशनमा आवश्यक पर्ने सम्पूर्ण औषधी तथा खानपान सामग्रीहरु सहयोग गरेको छ । समाजका अध्यक्ष बिनेश पटेलको नेतृत्वमा उपाध्यक्ष उमेश कुमार गुप्ता, कोषाध्यक्ष किरन पटेल, सचिव करन पटेल, सहसचिव मो.मेहफुज रफि खान, सदस्यहरु दिपा सर्राफ, सुशिला देवकोटा, अमज्द अंसारी लगायतकाले विशेष सहयोग गर्नु भएको अध्यक्ष पटेलले जानकारी दिनु भयो ।

Back to top