×

वीरगन्ज २७ भदौं संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार विजय सरावगीले संघीय समाजवादी फोरम नेपालको चुनाव चिन्ह मशाल छापप्रति बढेको जनलहरले आफ्ना जित सुनित भएको बताउदै महानगरको बिकासको गतिलाइ द्रुतकिसिमले अगाडि बढाउने बताउनु भएको छ ।पार्टीले मंगलबार आयोजना गरको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता सरावगीले नगपालीका कार्यालय र माहानगरभित्र रहेकाबिभिन्न सरकारी सेवाप्रदायक निकायको काम, कारवाही तथा सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।उहाले आफु नेतृत्वको टिलमा मतदाताले जिताएपछि स्थानिय सरकारलाइ जनमैत्री र पारदर्शी बनाउदै नगक शिशुदेखी बृद्धबृद्धासम्मको आत्मसम्मान तथा संरक्षणका लागि माहानगर मार्फत नै विभिन्न योजना कारी ब्यवस्थागर्ने सोंच रहेको बताउनु भएको ।

पार्टीका जिल्ला उपाध्यक्ष सुन्दर कुर्मिको अध्यक्षतामा सम्मपनन भएको पार्टी प्रवेश कार्यक्रममा नेपाल कांग्रेसका पुर्व बडा अध्यक्ष शिवजी साहका सुपुत्र अर्जुन साहको नेतृत्वमा सयौ युवाहरु फोरम नेपालमा प्रवेश गरेका छन् ।पार्टि प्रवेश कार्यक्रममा अर्जुन साहको नेतृत्वमा सागर साह ,अमर साह ,ओमप्रकाश साह,सनजु साह ,राजन साह र सोनु साह लगायत सयौ युवाहरु फोरम नेपाल नेपालमा प्रवेश गरेका छन् पार्टी प्रवेश गर्ने सबैलाइ कार्यक्रमका प्रमुख अतिथि तथा मेयरका उम्मेदवार विजय सरावगी,उपाध्यक्ष सुन्दरकुर्मि एवम नगर अध्यक्ष मुकेश द्धिवेदी लगायतका नेताहरुले अविर लगाएर स्वागत गरेका थिए । यसैगरी सुरेस मिश्राको नेतृत्वमा ७ नम्बर वडाका ५० जना युवाहरु फोरम नेपालमा प्रवेश गरेका छन् ।पार्टी प्रवेश कार्यक्रममा सुरेश मिश्रा, सिकन्दर शेख,अनवर शेख,अबरार शेख पपु शर्मा मनीष शर्मा ,साज्जाद शेख लगायतका युवाहरुलाइ नेता विजय सरावगी,पार्टीका उपाध्यक्ष सुन्दाकुर्मि मुकेश द्धिवेदी लगायतका नेताहरु अबिरलगाएर स्वागत गरेका थिए ।

संघीय समाजवादी पार्टीका वीरगन्जका मेयरका उम्मेदवार विजय सरावगी तथा उपमेयरको उमेदवार पिंकीयादवको नेतृत्वमा विभिन्न गाउ तथा टोलहरुमा घरदैलो कार्यक्रमसम्मपन्न भएको छ । घरदैलो कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर उम्मेदवार विजय कुमार सरावगी र उप मेयर उम्मेदवार उम्मेदवार पिङ्कि यादवसंगै पार्टीका जिल्ला उपाध्यक्ष सुन्दर कुर्मि ,नगर अध्यक्ष मुकेश द्धिवेदी ,नेता तबरेज अहमद ,युवा नेता नसिर खान समेतको सहभागीता रहेको थियो

अगामी असोज २ गते हुने स्थानीय निकायको चुनावको लागि पार्टीको पक्षमा प्रचासप्रसार गर्दै फोरम पर्साले विहान र दिउसो घरदैलो कार्यक्रम चलाएपछि चुनावचिन्ह मशालको पक्षमा बढेको जनलहरले सम्पुण नगवासीलाइ उत्साहित बनाएको छ ।

घरदैलो सहभागि उम्मेदवार तथा पार्टीका नेताहरुले मशाल छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढीरह्दा स्वागतमा गाउका स्थानीयले मधेस र उम्मेदवारहरुको पक्षमा नारा लगाउदै फोरम नेपालका मशास छापमा अत्यधिक मतदिएर जिताउन प्रतिवद्धता समेत व्यक्त गरेका थिए । वीरगन्ज महानगर,माशाल छापको लहर, मशालमा भोट हालौं, विजय सरावगीलाई विजयि बनाऔं,पिंकी यादवलाइ बिजयी बनाऔं’ लगायतका नाराहरु घरदैलो कार्यक्रम सहभागि स्थानीयले लगाएका थिए ।’

Back to top