नेकपा एमाले पनि गरे घोषणापत्र जारी

314

Share
  •  
  •  
  •  

वीरगन्ज २७ भदौ नेपाल पत्रकार महासंघ शाखा, विरगंज पर्साको सभाहल मा नेकपा एमाले विरगंज महानगरपालिका को प्रतिबद्धता पत्र सहित मेयरका उम्मेदवार बसरुद्दिन अन्सारी, पार्टि का महासचीव ईश्वर पोखरेल, उप–मेयरका उम्मेदवार सोफीया आचार्य, जिल्ला संयोजक प्रभु हजरा, सांसद विचारी यादव, नागेन्द्र चौधरी, रामचन्द्र साह, हरु को संयुक्त टोली द्धारा एक साथ पत्रकार सम्मेलन मार्पmत घोषणापत्र सार्वजनीक गरिएको थियो । सार्वजनीक घोषणापत्र मा विभिन्न बुँदाहरु जस्तै शिक्षा, स्वास्थय, यातायात, सञ्चार, आर्थिक तथा पुर्वाधार विकास, ग्रीन विरगंज सिटी, पार्कीङ्ग जोन, सरफाई तथा पर्यावरण संरक्षण, समाजीक सुरक्षा तथा विकास, खेलकुद लगायत का योजनाहरु घोषणापत्र भित्र सार्वजनीक गरीएको छ । विरगंज महानगरपालिका को विकास अब केवल नेकपा एमाले ले मात्र गर्न सकीने मेयर का उम्मेदवार बसरुद्दिन अन्सारीले जानकारी दिनु भयो । कार्यक्रम को अध्यक्ष्ता जिल्ला संयोजक प्रभु हजरा, प्रमुख अतिथी केन्द्रिय महासचीव ईश्वर पोखरेल, विशिष्ठ अतिथीहरु मा सांसद रामचन्द्र साह, नागेन्द्र चौधरी, विचारी यादव, मेयर का उम्मेदवार बसरुद्दिन अन्सारी, उप–मेयर का उम्मेदवार सोफीया आचार्य, पार्टि का नेताहरु मा मनोज चौधरी, महेश दास, शेख इमरान, र विरगंज महानरगपालिका का ३२ वटा वडाका वडा अध्यक्षका उम्मेदवार हरु को सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ का पर्सा शाखा का अध्यक्ष श्याम बन्जारा ले गर्नु भएको थियो । त्यसै गरी नेकपा एमाले ले विगरंज को नगवा, ईनर्वा, भिस्वा लगायत का स्थानहरु मा बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो कार्यक्रम को क्रममा नेकपा एमाले तर्पm का मेयर का उम्मेदवार बसरुद्दिन अन्सारी, उप–मेयर का उम्मेदवार सोफीया आचार्य, जिल्ला संयोजक प्रभु हजरा लगायत का टोलि द्धारा घर–घर मा गई सुर्य मा छाप लगाइ आफनो बहुमुल्य मत खेर न फाली नेकपा एमाले मा आफनो मत दिन संयुक्त रुपमा अन्सारी र सोफीया ले आग्रह गर्नु भएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here