×

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक समेत रहेका बसरुद्दिन अंसारी नेकपा एमालेबाट मेयर पदका उम्मेदवार हुन् । समान्य व्यक्तिसँग बस्न रुचाउने व्यवसायी बसरुद्दिन अंसारी रिस राग आडम्बर नभएका व्यक्तिका रुपमा चिनिन्छन् । वीरगंजलाई स्मार्ट सिटी, शिक्षा हब लगायतको एजेण्डाका साथ चुनावी प्रचारमा प्रसारमा होमिएका छन् । (नेकपा एमाले) बसरुदिन अंसारीसंग केहि प्रशन ?

१) यहाँको उम्मेदवारी के का लागी ?

वीरगंज महानगरपालिकाको आजको जुन परिस्थिति छ । यहाँ बीस वर्षसम्म यो महानगरपालिकालाई व्यूरो क्रेटलाई दिई तहसनहस पारिएको छ । यो महानगरपनलिकालाई महानगरपालिका बनाउनका लागि र यहाँ रोकिएका कार्यहरु सम्पादन गर्नका लागि नै म यो महानगरपालिकाको मेयर बन्न उम्मेद्वार बनेको हुँ ।

२) वीरगंज महानगरपालिकाको लागि यहाँको प्रमुख एजेण्डा के हो ?

मेरो एउटै सपना छ वीरगंजलाई हराभरा सुन्दर स्मार्ट सिटी कसरी बनाउने ? जुन पुरानो वीरगंजको रोड, नाला र फोहर व्यवस्थापन यी कामहरु मेरो तत्कालका कार्य हुन । वीरगंलाई अझ सुव्यवस्थित गर्नका लागि हामीले एउटा नयाँ अवधारण पनि ल्याएका छौ ।

त्यो हो नयाँ वीरगंज । जव सम्म हामी नयाँ वीरगंजको स्थापना गर्दैनौ तब सम्म हामीले स्मार्ट सिटीको परिकल्पना गर्नु बेकार छ । वीरगंज एउटा आर्थिक र औद्योगिक नगरीको साथसाथै स्वास्थ्य र शिक्षाको क्षेत्रमा ठूलो सम्भावना बोकेको हाई पोपुलेटेड एरिया भएकोले यहाँ स्वास्थ्य र शिक्षालाई जति बढाउन सक्यो त्यति बढ्ने भएकाले वीरगंजलाई स्वास्थ्य र शिक्षाको हब बनाउने सपना पनि छ ।

नेकपा एमालेले वृद्धाहरुको लागी सय रुपैयाबाट सुरु गरी अहिले दुई हजार पु¥याएको छ हामी त्यसलाई पाँच हजार अवश्य पु¥याउने छौं । हामीले दलित असाहय गरीवहरुका लागि स्वास्थ्य र शिक्षाको क्षेत्रमा स्पेशल प्याकेजको पनि व्यवस्था गरेका छौ । जब सम्म उनिहरुको स्पेसल प्रभिजन गरिदैन तब सम्म अगाडी बढ्न सक्दैनन् । त्यसतै स्वास्थ्यको क्षेत्रमा हामले मेडिकल ईन्स्योरेन्सको अवधारण पनि ल्याएका छौ ।

यो महानगरपालिकालाई पूर्ण रुपमा सबै जनताको मेडिकल ईन्स्योरेन्स गर्ने छौ । जनता आवास अन्तर्गत सुरुमा हामी यो महानगरपालिकामा भित्र हजारबाट सुरु गरी ५ वर्षमा करीब करीब १० हजार घर बनाउने हाम्रो लक्ष्य छ । आजको मूख्य समस्या भनेको बेरोजगारी हो । एउटा व्यापारी भएको नाताले म जोडिएको संस्थामा जब २४ सय कर्मचारीलाई रोजगारी दिन सकिन्छ भने अरु उद्योग व्यापारलाई प्रवद्र्धन गरी किन गर्न सकिन्न ?मैले उधोगीहरुको विच कुराहरु राखेको छु ।

जस्ले जति बढी रोजगारी दिन सक्छन महानगरपनलिकाले त्यसलाई त्यति सम्मान र सेवा सुविधा उपलब्ध गराउँछ । यस्तै जसले एक्सपर्ट तिर जति बढी ध्यान दिन्छ त्यसका लागि पनि हामीले खास प्याकेज राखेका छौ । यस्ता थुप्रै हाम्रो एजेण्डाहरु छन् ।

३) वीरगंजको समस्याहरु के के छन् ? र कसरी समाधान गरी अगाडी बढाउनु हुन्छ ?

अहिले वीरगंजमा जुन जातीय विभेदि करणको कुराहरु आइरहेका छन् । हामी त्यो गर्न दिदैनौ । त्यसैगरी अहिलेको सबै भन्दा ठूलो बिमारी भनेको बंद हडताल हो । बंद गर्नु कुनै ठूला कुरा होइन । तर यस्ले धेरै नकारात्मक असर पार्ने भएकाले यस्ता समस्याहरु सहज समाधानको बाटो औल्याउँछु । यहाँको समस्या थुप्रै छन् त्यसलाई समाधान गर्छौँ ।

महानगरपालिका भित्र राम्रो अडिटोरियम, पार्क र एक व्यक्ति बराबर एउटा रुख हाम्रोे अवधारण राखेर अगाडी बढछौँ । यस्तै नारायण्ी अस्पताललाई करीब करीब ५ सय भन्दा माथि वेड बनाएर अत्याधुनिक, सुविधा सम्पन्न बनाएर टेली प्रतिष्ठानमा परिवर्तन गर्ने हाम्रो लक्ष्य छ । यस्तै वीरगंजमा एउटा विश्वविद्यालयको आवश्यक्ता छ । त्यसको लागि पनि पहल गरेको छु ।

वीरगंजमा एउटा औद्योगिक क्षेत्र त्यस माथि पनि राजश्व बढी संकलन हुने । तर स्थिति एकदमै खराब छ । त्यसैले वीरगंजमा एउटा रिंगरोडको एकदमै आवश्यकता छ । किनभने एउटा शहर सुन्दर हुनका लागि त्यहाँको सडक, नाला सुन्दर हुनु प¥यो, फोहर व्यवस्थापन हुनु प¥यो ।

Back to top