नगर वासीको सेवा गर्न उम्मेद्वारी दिएको छु : मेयर उम्मेदवार सरावगी

859

Share
  •  
  •  
  •  
वीरगन्ज २६ भाद्र आगामी असोज  २ गते हुनलागेको स्थानीय तहको निर्वाचन प्रचार प्रसारका लागी संघीय समाजवादी फोरम नेपालको घरदैलो कार्यक्रम आज पनि जारि रहेको छ । वीरगन्ज महानगरपालिका वडा २७ कोउदयपुर घुर्मी, उहडि, रामपुर, जसौली लगायतका स्थानहरुमा आयोजना गरिएको घरदैलो कार्यक्रममा मेयर पदका उम्मेदवार विजय कुमार सरावगी, उप-मेयर पदका उम्मेदवार पिंकी देवी यादव, वडा अध्यक्ष पदका उम्मेदवार नागेंदर प्रसाद यादव लगायतको सहभागिता रहेको थियो ।
फोरम नेपालको नगर कमिटिले आयोजना गरेको घरदैलो कार्यक्रममा जिल्ला उपाध्यक्ष एवम् नगर इन्चार्ज सुन्दर प्रसाद कुर्मी, नगर अध्यक्ष मुकेश द्विवेदी, पार्टीका जलेश्वोर सर्राफ, अजय साह, युवा नेता नासिर खान लगायत सयौं नेता, कार्यकर्ता तथा वडाका व्यक्तिहरुको उपस्तिथी रहेको थियो ।
कार्यक्रम पश्चात आयोजना भएको कोणसभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार विजय कुमार सरावगीले अबको विकास फोरम नेपालले मात्र गर्ने सक्ने बताएका थिए । उनले, “वीरगन्ज वासीलाइ महानगरपालिकाको अनुभूति गराउन फोरम नेपाल संग कयौं योजनाहरु रहेको छ र त्यो योजना हरुलाई कार्यान्वयन गराउने रणनीतिहरू पनि फोरम नेपालले राखेको,” बताएका थिए । सरावगीले आफ्नो पुरा जीवन समाजको सेवा गर्न बिताईदिएको र अहिले पनि नगर वासीको सेवा गर्न मात्र मेयर पदमा उम्मेद्वारी दिएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here