×

वीरगन्ज २६ भदाै ठोरी गाउँपालिकाको सुवर्णपुरमा जंगली हात्तीले ठुलो मात्रामा धानबाली नष्ट गरेको छ । गएराती आएको ८ वटा हात्तीले सुवर्णपुरको साबिक वडा नम्बर ६ निबासी रिस्नुमाया लोप्चनको १ बिघा पाक्न लागेको धानबाली पुर्ण रुपमा नष्ट गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट राती ८ बजेको समयमा आएको हात्तीले रिस्नुमाया लगायतको करीब ३ बिघा धानखेत नष्ट गरेको सुवर्णपुरका स्थानीय समाजसेवी देबी प्रसाद दाहालले बताउनु भयो । हात्ती धानबालीमा प्रवेश गरेपछि लखेट्ने प्रयास गरेपनि आज बिहान ४ बजेसम्म धानखेतमै रहेको स्थानीय बासीले बताएका छन् । यसरी दैनिक आउने गरेको हात्तीले पाकिसकेको धानबाली नष्ट गरेपछि स्थानीय किसानहरु चिन्तामा परेका छन् । बर्षभरी खाने अन्न हात्तीले आँखै अगाडी नष्ट गरेको हेर्नु पर्दा स्थानीय बासी दुखित बनेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षा निकायले नियमित अनुगमन र निरिक्षण नगर्नाले यस्तो समस्या आएको स्थानीयले आरोप लगाएका छन् । दैनिक जस्तो आउने गरेको हात्तीले ठोरी गाउँपालिकामा यस अघि पनि सयौं बिघा धानबाली नष्ट गरिसकेको छ भने धेरै मानिसको ज्यान समेत लिईसकेको छ ।

Back to top