×

वीरगंज २५ भदौ, युवा जनशक्ति समाज नेपाल आदर्शनगर–३ वीरगंजको आयोजनामा आज बिन्दवासिनी गाउंपालिकाको वडा नं. ५ श्री राम स्वरुप रामप्रित चौरसिया मावि झौवागुठीमा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ ।

हाई टेक ओरल डेन्टल क्लिनिक र अपना मेडिकल हल घण्टाघर वीरगंजको सहयोगमा भएको विशिवरमा अमरपटि, मधवल, इटियाहि, झौवा, प्रसौनीभाठा, सिमावर्ती भारतका भलुवाहा, भरतमही, स्कूलका विद्यार्थीहरु गरी ५०० भन्दा बढि सर्वसाधारणहरु शिविरबाट लाभान्वित भएका थिए ।

संस्थाका अध्यक्ष बिनेश पटेलको सभापतित्वमा सम्पन्न शिविरमा डा. राजेश कुमार स्वर्णकरको नेतृत्वमा रहेको टोलीमा करन पटेल, राज सर्राफ, रोजी सर्राफ, सुसान्त यादव, रयाजुल हक, अनिल यादव, राजेश यादव, ओम प्रकाश साह र देवेन्द्र शर्माले सहयोग पु¥याउनु भएको थियो ।

सो अवसरमा संस्थाका उपाध्यक्ष उमेश कुमार गुप्ता, कोषाध्यक्ष किरन पटेल, सचिव करन पटेल, सहसचिव मो.मेहफुज रफि खान, सदस्यहरु दिपा सर्राफ, सुशिला देवकोटा, अमज्द अंसारी, पिंकी सर्राफ, गायत्री थरुनी, कामनी कर्ण लगायतको विशेष सक्रीयता रहेको थियो ।
Back to top