×

वीरगन्ज २४ भदौ प्रदेश नं. २ को एकमात्र महानगर पालिका वीरगन्जको मेयर पदमा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन । जसमध्ये एकजनाको परिचय दिंदा सुन्नेहरु सबै हास्न बाध्य हुन्छन् । उनी वीरगन्ज वडा नं. १० का घडीअर्वा निवासी ३४ वर्षीय मुन्ना कुमार साह कानु हुन । नेपाल कम्युनिट पार्टी ( संयुक्त ) बाट उम्मेदवारी दिएका मुन्ना सबैभन्दा होचा उम्मेदवार पनि हुन । उनको उचाई जम्मा ४ फिट ७ इन्च छ । उनी पेशाले भुजापकैडी बेच्ने ब्यपारी हुन । वीरगन्ज रानीघाट वडा नं. ११ सिरिसीया नदीको पुल छेउमा उनको भुजापकौडीको पसल छ । दिनभर भुजापकौडीको कारोबार गर्ने मुन्ना वीरगन्जको विकास नभएको देख्दा दिक्दार भएर मेयरमा उम्मेदवारी दिएको बताउ छन । चुनाव लडने मेरो पहिलेदेखिको सपना हो तर २० वर्षदेखि स्थानीय तहको चुनाव नभएकोले आफुले चुनाव लडन नपाएको र यसपाली स्थानिय तहको चुनाव भएकोले आफनो बाकी रहेको धोखो मेयरमा उम्मेदवारी दिएरपुरा गरेको उनले बताए । सर्वसाधारण ब्यक्ती वीरगन्जको दुरवस्था देखेर नेतृत्वगर्न चाहन्छन । त्यसैले आफुले त्यस्ता निमुखाहरुको प्रतिनिधित्व गरी उम्मेदवारी दिएको उनले बताए । जीत हार आफनो ठाउमा छ, तर सामान्य मानिसलाई मत दिएर मेयर बनाउन उनले आग्रह गरेका छन् । उनका श्रीमती बबिता देवी पनि श्रीमान वीरगन्ज महानगर पालिकाको मेयर पदमा उम्मेदवारी दिएकोमा धेरै खुसी छिन । उनका दुई छोरा र एक छोरी छ उनका बुवा लक्ष्मण साह कानु छोरा मुन्नाले दिएको उमेदवारीबाट खुसी छन आफनो छोराको प्रचारका लागी आफनो पसलमा भुजापकैडी खान आयने ब्यक्तीहरुलाई भुजापकैडी खुवाउदै छोराका लाई भोट माग्दै गरेका छन ।

Back to top