×

वीरगन्ज २४ भाद्र राष्ट्रिय जनता पार्टी नेपाल वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले सामाजिक सञ्जालमा लेखे एमालेको तर्फबाट महानगरपालिका वीरगन्जको मेयर पदका लागि उम्मेदवारी दिएका बसरुद्धिन अन्सारी मत मागेर अाफनाे नैतिक हैसियत गुमाइसकेको टिप्पणी गरेका छन् । सर्राफले शनिबार सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका छन् । मधेस आन्दोलन ताका मधेसको मागका लागि आफनो कलेजका विद्यार्थी समेत वीरगन्जको मेन रोडमा उतारी एमाले नेताहरु मधेसको माग प्रति दिएकोे अभिबेक्ती प्रती अन्सारी रुस्ट भई एमालेलाई गाली गर्दै हिडने आज सोही एमालेको झण्डा लिएर यही वीरगन्ज बासी संग मेयर पदको भोट माग्दै छन उनलाई लाज लागनु प्रर्ने किनकी उनी पनि मधेसी हुन ।

मधेश र मधेशीप्रति एमालेका शीर्षहरुले नै मधेश प्रदेश माग्न युपी र बिहार जाऊ, मधेशीहरुले आन्दोलनको क्रममा बनाएको विशाल मानव सांगलोलाई माखे सांगलो, मधेशी मर्दा आप झर्यो, मधेशी कालो वर्णका मात्र हुन्छन्, संविधान संशोधनको विरोध लगायतका अभिव्यक्तिहरु दिएका छन् । नेता सर्राफले सामाजिक सञ्जालमा ‘मधेशलाई प्राविधिक रुपमा पनि अधिकारबाट वञ्चित गर्ने एमालेले मधेशमा मत माग्ने नैतिकता गुमाइसकेको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सर्राफले ’ लेखेका छन् ।

 

 

Back to top