फोरम नेपालले वीरगन्जबाट जीतको खाता खोल्दै, दलित उम्मेदबार विजयी घोषणा हुँदै

1438

Share
  •  
  •  
  •  

वीरगन्ज २३, भाद्र  संघीय समाजवादी फोरम नेपालको महिला उम्मेदवार स्थानीय तहको निर्वाचनमा निर्विरोध निर्वाचित हुने भएकी छन् । जीत निश्चित भइसकेपछि निर्वाचन अधिकृतको कार्यालयले विजय भएको घोषणा गर्न भने बाकी । महिला उम्मेदबारको जीत सुनिश्चित  भएसंगै फोरम नेपालले वीरगञ्जबाट विजयी सुरुवात गरेको छ ।
वीरगन्ज वडा नम्बर ९, (पुरानो १२)बाट फोरम नेपालको तर्फबाट दलित महिला उम्मेदवार राधादेवी नेपाली निर्विरोध निर्वाचित हुने भएकी हुन् । उक्त पदमा अन्य कुनै उम्मेदवारको मनोनयन दर्ता नभएकोले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।
फोरम नेपालका पर्सा जिल्ला प्रवक्ता एवम् संगठन बिभाग प्रमूख रामनेरश यादवले आफ्नो पार्टीको एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएसँगै फोरम नेपाल पहिलो पार्टी बन्ने शुभ संकेत भएको प्रतिक्रिया दिएका छन् ।
‘यो हाम्रो लागि सुखद सन्देश र यादवले भने, ‘अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशन भएपछि आधिकारिक रुपमा उनी निर्वाचित हुनेछिन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here