×

वीरगन्ज २२ भदाै टिकटको विषयलाई लिएर नेपाली कांग्रेस पर्साका कार्यकर्ताहरुले सभापति अजय द्विवेदीको घर घेराउ गरी अनशन गरे भने यता राजेन्द्र बहादुर अमातेयकाे घरमा रहेकाे नेपाली कांग्रेस पर्साकाे कार्यालय ताेड फाेड गरेेेका छन ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ताका वडाध्यक्षका आकांक्षी प्रभुप्रसाद कुर्मी र वीरगन्ज –३१ बस्डीलवाका वडाध्यक्षका आकांक्षी ओकिल मियाको समुहले संयुक्त रुपमा टिकट वितरणको विषयलाई लिएर विरोध जनाएका हुन्। टिकट नपाए आफूहरु अनशनमै बस्ने उनीहरुले बताएका छन्। पार्टीले आर्थिक चलखेल गरी सुगौली विर्तामा शम्भु मिश्रा र बस्डीलवामा मदन राउत अहिरलाई टिकट दिन लागेको उनीहरुको आरोप छ।

Back to top