हिन्दू अधिराज्य स्थापना गर्नु पर्ने माग गर्दै बीरगन्जमा बिरोध जुलुस

555

Share
  •  
  •  
  •  

बीरगन्ज २० भदौ हिन्दू अधिराज्य स्थापना गर्नु माग गर्दै मंगलबार बीरगन्जमा बिरोध जुलुस निकालीएको छ । बीरगन्जको घण्टाघरबाट निकालीएको बिरोध जुलुस माईस्थान, आदर्शनगर, अलखियामठ हुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । सयैंको संख्यामा निस्किएको जुलुसमा सहभागीहरुले हिन्दु अधिराज्य कायम गर, जय श्री राम, गणन्त्र नेपाल मुर्दाबाद जस्ता नाराहरु लगाइएको थियो । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) को नेतृत्वमा निकालीएको जुलुसमा नेपाल बिद्वत परिषदका केन्द्रीय अध्यक्ष जित बहादुर अर्जेल, हिन्दु पुन स्थापना मंचका राष्द्रिय अध्यक्ष बिष्णु बराल, राष्द्रिय सरोकार मंचका राष्ट्रिय अध्यक्ष सोम बिक्रम सिंह, बिश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पृथ्बी प्रसाद झाको लगायत स्थानियहरुले जय श्री राम तथा नेपालको झण्डा बोकेका थियो । यसैबीच हिन्दु राष्ट्र स्थापनाका लागि आफ्ना ज्यान गुमाएका स्वर्गीय काशिनाथ तिवारीको शालिकको अनावरण गरिएको छ । घण्टाघरस्थित बिपि उद्यानमा तिावरीको शालिक अनावरण गरिएको हो । स्वामी बालयोगी श्री श्रीनिवासाचर्यले स्वर्गीय तिवारीको शालिक अनावरण गर्नु भएको हो । करिब आठ बर्षदेखी तिवारीको अधुरो रहेको सपना शिव सेना नेपाल लगायत बिभिन्न राष्ट्रबादीले समुहले पुरा गरेका छन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here