×

वीरगन्ज २० भदाै ११औं मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा २० भदौमा वीरगञ्जमा म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको छ । ‘अबको गन्तव्य, मानव बेचविखनको अन्त्य’ भन्ने नाराका साथ आयोजित दौड प्रतियोगितामा महिलातर्फ शशी बस्नेत, पञ्चु राणा र काजल कुमारी क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन भने पुरुषतर्फ रामाशिष गिरी, रमेश अधिकारी र गोविन्द प्रसाद क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजेताहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण जिल्ला समिति र महिला तथा बालबालिका कार्यालय आयोजना गरेको प्रतियोगितामा ९० जना सहभागी रहेका थिए ।

Back to top