×

वीरगन्ज २० भदौ वीरगन्जका प्रथम नगर प्रमुख केशव मान्नधरका पुत्रले फोरम नेपालमा प्रवेश गरेका गर्नुभएको छ । संघीय समाजवादी फोरम नेपाल प्रति वीरगन्जमा बढदै गएको जनलहरलाइ मध्यनजर गर्दै प्रथम नगरप्रमुख मानन्धरका सुपुत्र दिवाकर कृष्णमानन्धर (बेच्चुदाइ) फोरम नेपालमा प्रवेश गरेका हुन् । उनीसगै फोरम नेपालमा प्रवेश गरेका विजय बहादुर श्रेष्ठ ,श्याम कुमार सिंह, सिताराम साह कानु, मगंल राउत र बलराम प्रसाद बर्णवाल लगायत सबैलाइ मेयरका उम्मेदवार विजय सरावगीले अविर लगाएर स्वागत गरेको थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता सरावगीले वीरगन्जका विभुतीहरुलाइ विगतका नेताहरुले उच्चितसम्मान गर्ने परम्परा बसालनु पर्ने तर त्यसो नभएकोले आफुले चुनाव जितेपछि निश्चैय नै एउटा विभिन्न सेक्टरमा वीरगन्जमा योगदान पुर्याएको व्यक्तिवहरुको परिवारलाइ सम्मान गर्ने रचनात्मक कार्यक्रमहरु ल्याउने बताउनु भयो ।

राष्ट्रिय जनता पार्टीका वीरगन्दवासीनी गाउपालीकाको अध्यक्षका उम्मेदवार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । राजपाका नेताहरुले नातावाद, पैसाबादमा लागेको आरोप लगाउदै झौवा गाउँका श्रीलालसाह कानु सयौं कार्यकर्ता सहित राजपा परित्याग गर्दै फोरम नेपालमा प्रवेश गरेका हुन । संघीय समाजवादी फोरम पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा श्रीलाल साहकानु,योगीन्दर साहतात्वा,चिन्टु तिवारी,हेमन्त साहतेली अलीअहमद मिया,बुद्यनसाक कानु श्यामबाबु साह लगायत सयौ व्यक्तिहरु राजपा पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्ने सबैलाइ फोरम नेपालका केन्द्रिय सदस्य प्रहलाद गीरी ,मेधस प्रदेश सदस्य महराज यादव तथा जिल्ला अध्यक्ष प्रदिप यादवले अबिर लगाएर स्वागत गरेका थिए ।पार्टी प्रवेश कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष प्रदिप यादवले कार्यकर्ताको सहि मुल्याकंन संघीय समाजवादी पार्टी गर्ने भएकोले नै फोरम नेपालमा प्रवेशको लहर बढेको बताएका थिए ।नेता यादवले पर्सा जिल्लामा संघीय समाजवादी फोरमको उम्मेदवार र चुनाव चिन्हप्रति बढेको जनलहरले सम्पुर्ण जिल्लावासी उत्साहित भएको बताउदै पार्टीका सबै उम्मेदवारलाइ जिताउन आफुले गाउ गाउ र शहरको टोलटोलमा दिनरात खटने बताएका थिए ।

यसैगरी संघीय समाजवादी फोरम पर्साले वीरगन्ज महानगपालीकाको बडानम्बर २६मा घरद दैलो कार्यक्रम गरेको छ ।वीरगन्ज महानगपालीकाका मेयरका उम्मेदवार विजय सरावगी तथा उपमेयरका उम्मेदवार पिंकि यादवको नेतृत्वमा सम्मपन्न भएको घरदैलोकार्यक्रम सुगौली र आठराहामा सम्मपन्न भएको हो । जिल्लाका उपाध्यक्ष सुन्दर कुर्मि,वार्डनम्बर २४का वडाअध्यक्षका उम्मेदवार ग्यासुदिन देवान नगरअध्यक्ष मुकेश द्विवेदी, युवा नेता नासिर खान विद्यार्थी नेता निखिल वर्णवाल, रोहित वारंवाल लगायात नेता, कार्यकर्ता अगुवा व्यक्तिको व्यापक सहभागीता रहेको थियो । गाउमा पुगेको फोरमको चुनावी टोलीलाइ स्थानियले स्वागत गर्दै विभिन्न नाराहरु समेत लगाएका थिए । अगामी असोज २ गते हुने स्थानीय निकायको चुनावको लागि पार्टीको पक्षमा प्रचासप्रसार गर्दै फोरम पर्साले विहान र दिउसो घरदैलो कार्यक्रम चलाउदै आएपछि चुनावचिन्ह मशालको पक्षमा गजबको जनलहर चलेको छ ।

घरदैलो सहभागि उम्मेदवार तथा पार्टीका नेताहरुले मशाल छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढी रह्दा स्वागतमा गाउका स्थानीयले मधेस र उम्मेदवारहरुको पक्षमा नारा लगाउदै फोरम नेपालका मशास छापमा अत्यधिक मतदिएर जिताउन प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।मधेसी एकता जिन्दावाद, ‘वीरगन्जको मेयर कस्तो, विजय सरावगी जस्तो,उपमेयर कस्तो पिंकी यादव जस्तो, वीरगन्ज महानगर,माशाल छापको लहर, मशालमा भोट हालौं, विजय सरावगीलाई विजयि बनाऔं’ लगायतका नाराहरु घरदैलो कार्यक्रम सहभागि स्थानीयले लगाएका थिए ।’

Back to top