राजपाको अधिकारिक निर्णय पर्साको उमेदवारहरुको नामवली सर्वजनिक

2301

Share
  •  
  •  
  •  

बीरगन्ज २० भदौ राष्ट्रिय जनता पार्टी नेपालले तेस्रो चरणको प्रदेश नं. २ को स्थानीय तह निर्वाचनका लागि वीरगन्ज महानगर पालिका र नगर पालिकाको उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।

६ वटा पार्टीहरुको एकीकरण भई गठन भएको राजपा नेपाल पहिलो पटक कुनै निर्वाचनमा सहभागिता जनाउँदैछ । राजपा नेपालका अध्यक्षमण्डलीय संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा ‘पार्टीसँग योग्य, सक्षम, जनाधार भएको, अनुभवी, सत्ता एवं संघर्षको अग्रपंक्तिमा रहेर देश, मधेश, समाज र संरचनाको नेतृत्व दिन सक्ने नेता र कार्यकर्ताको ठूलो पंक्ति छ ।’ उल्लेख गरिएको छ । स्थानीय तहको निर्वाचनमा सबै आकांक्षीहरुलाई उम्मेदवार बनाउन नसकेका त्यस्ता नेता तथा कार्यकर्ताहरुलाई पार्टीले भविष्यमा हुने प्रादेशिक एवं केन्द्रीय व्यवस्थापिकाको निर्वाचन तथा पार्टीमा जिम्मेवारी र दायित्व प्रदान गर्दा उच्च मूल्यांकनका साथ स्थान दिने ठाकुरले प्रतिबद्धता जनाएका छन् । यसै क्रममा वीरगन्ज महानगर पालिकामा विमल श्रीवास्तको ठाउमा राजेशमान सींहलाई टिकट दिएको विज्ञप्तिमा जनाईएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here