आन्तरिक राजस्वको नक्कली स्टीकर सहित वीरगन्जमा भारतिय नागरिक पक्राउ

1369

Share
  •  
  •  
  •  

वीरगञ्ज २० भदौ आन्तरिक राजस्व कार्यालयको छाप अंकित ५० केजी ८७ हजारभन्दा बढी नक्कली स्टीकर सहित आइतबार एकजना भारतीय नागरिक पक्राउ परेका छन।पक्राउ पर्नेमा भारतीय नागरिक वीरेन्द्र गुप्ता रहेका छन।उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि थप अनुसन्धान भइरहेको छ । गुप्ता भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय ट्रान्सपोर्टको गाडी वीरगञ्ज भन्सार क्षेत्रमा जाँच गर्दा सो नक्कली स्टीकर फेला परेको आन्तरिक राजस्व कार्यालय पर्साका निमित्त प्रमुख रञ्जीता दत्तले जानकारी पदनुभयो । कार्यालयका अनुसार सो स्टीकर काठमाडौँ बौद्धस्थित हरिओम टे«डिंग प्रालिको रहेको अनुसन्धान क्रममा खुल्न आएको छ । सो स्टीकर आन्तरिक राजस्व विभागले मात्र मगाउने कानून प्रावधान रहे पनि हरिओम ट्रेडिङ प्रालिले कसरी ल्यायो भन्नेबारेमा छानबिन भइरहेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here